शान्ति सेनाको अनुभव राष्ट्रका लागि पुँजी | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८०, सोमबार

शान्ति सेनाको अनुभव राष्ट्रका लागि पुँजी

nepal army santi sena

काठमाडौं, ५ साउन । संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनमा सहभागी हुने नेपालीको अनुभव नेपाली सेनाको मात्र होइन, राष्ट्रकै अमूल्य पुँजी भएको छ ।

शान्ति सेनाको प्रतिनिधित्वले देशमा विविध अवसर भित्रिएको छ । पूर्वरथी बालानन्द पौडलको भनाइमा त नेपालको शान्ति प्रक्रियामा शान्ति सेनाको अन्तर्राष्ट्रिय अनुभवले ठूलो काम गरेको छ ।

सम्बन्ध विस्तारमा सेना
प्रमुख सेनानी विमलराज शर्मा चारपटक शान्ति सेनाको मिसनमा जानुभयोे । उहाँले लेबनान, सुडान, हैटी र सियरालियोनको मिसनमा काम गर्नुभयो । इजरायल र लेबनानबीच सीमा विवाद रहेकाले सम्झौताअनुसार सिमाना पार गर्न नदिने, अवलोकन गरिएको पलपलको रेकर्ड विश्लेषण गरेर माथिल्लो निकायमा प्रस्तुत गर्ने जिम्मा उहाँको थियो । सुडानमा सन् २००५ ताका उहाँले काम गर्नुभयो । हैटीमा सन् २०११–२०१२ मा त्यहाँको एयरपोर्टको काममा तैनाथ हुनुभयो । जहाँ जिम्मेवारी परे पनि नेपाल र नेपाली सेनाको प्रतिष्ठाका लागि काम गर्नुपर्छ भन्ने अठोट आफूभित्र रहने उहाँ बताउनुहुन्छ ।

उहाँका अनुसार शान्ति सेनामा प्रतिनिधित्व हुने गर्छ । पहिलो, देशले नै शान्ति सेनामा पठाउने, दोस्रो, संयुक्त राष्ट्रसङ्घले निश्चित मिसनका लागि माग गर्छ । त्यसमा मिलिट्री अब्जर्भर नियुक्ति र कर्मचारीसरहको नियुक्ति पर्छ । उहाँले भन्नुभयो, “स्टाफ अप्वाइन्टमेन्ट देशको आफ्नो विशेष मातहत हुन्छ, संयुक्त राष्ट्रसङ्घले कुनै विशेष नियुक्ति दिएको खण्डमा अरू बेला पनि त्यो नेपालकै मातहत हुन्छ । ” सैनिक फेरबदल गर्न नेपालकै भूमिका हुन्छ । मिलिट्री अब्जर्भरको हकमा कहिले सङ्घले आफैँ गर्छ भने कहिले सम्बन्धित देशलाई नै जिम्मा दिइन्छ ।

उहाँका अनुसार कर्मचारी स्तरको नियुक्तिमा सोझै भत्ता पाउने व्यवस्था हुन्छ । देशले पठाउने सेनाका लागि भने सेनामार्फत रकम पठाउँछ । शर्मा राष्ट्रसङ्घको कर्मचारी नियुक्तिको तहमा काम गरेर भर्खरै मात्र फर्कनुभएको हो । उहाँले भन्नुभयो, “सैनिक फौजलाई व्यवस्थापन गर्ने काम थियो, चार हजार फौजको भरणपोषण आन्तरिक व्यवस्थापन सबै गर्नुपथ्र्यो । ” उहाँको मातहतमा तान्जिनिया, इथियोपिया, रुवान्डाको बटालियन थियो ।

शान्ति सेनामा खटिएका विभिन्न देशका सैनिकको व्यवस्थापन गर्नु चुनौतीपूर्ण रहेको उहाँको अनुभव छ । फरक भेष, भाषा, जाति, भूगोलबाट एकै थलोमा जम्मा भएकाबीच रहेर सामञ्जस्यता र सद्भाव कायम गर्नुपर्छ । उहाँ सम्झनुहुन्छ, “बिरामी हुँदा हेलिकोप्टर मगाएर उपचारमा पठाउनुपथ्र्र्यो, परेका अप्ठेरो सल्टाउनुपथ्र्यो । ”

बहुआयामिक वातावरणमा काम गर्न पाउनु राम्रो पक्ष हो । विभिन्न देशका सैनिकसँग भाइचाराको सम्बन्ध कायम गर्दै नयाँ ज्ञान हासिल गर्नु, काम गर्ने तौरतरिका सिक्नु अर्को बलियो पक्ष रहेको उहाँ बताउनुहुन्छ ।

फरक मौसम र विविध भाषाले समस्या पाथ्र्यो । “फरक भूगोल र मौसमबाट जाँदा बिरामी हुने, काम गर्न असहजता हुने जस्ता अड्चनले कहिलेकाहीँ अप्ठेरो परेको जस्तो हुन्थ्यो,” अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “नेपालीले बोल्ने अङ्ग्रेजी, तान्जिनियनले बोल्ने र इथियोपियनले बोल्ने अङ्ग्रेजीको धार फरक हुँदा अन्योल हुन्थ्यो । ” फरक मौसममा अनुकूलन हुन नसक्दा रोगले सताउँथ्यो ।

संयुक्त राष्ट्रसङ्घको ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसेसिङ’ले के के काम कसले गर्ने मार्गनिर्देश गर्छ । यसबाट आफ्नो हाकिम कुन देशको प¥यो, सहयोगी कहाँको हो, पहिल्यै थाहा हुन्छ । आइपरेका समस्यालाई माथिल्लो तहका अधिकारीको समन्वयकारी भूमिका र विश्वका सबैतिरका सैनिक मर्यादाक्रम उस्तै हुँदा सहज बन्थ्यो । यो समाचार गोरखापत्र दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);