लोकसेवाको प्रश्न पत्र च्यात्न खोज्ने ४ जना प्रहरीको फन्दामा | ईमाउण्टेन समाचार

Our Network

असार ११ २०८३, शुक्रबार

लोकसेवाको प्रश्न पत्र च्यात्न खोज्ने ४ जना प्रहरीको फन्दामा

खोटाङ, ४ साउन । खोटाङमा स्थानीय तहका कर्मचारीका लागि लोकसेवा आयोगले लिइरहेको परीक्षाको प्रश्न पत्र च्यात्न खोज्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शनिबार खोटाङको सदरमुकामस्थित दिक्तेल बहुमुखी क्याम्पमा रहेको परीक्षा केन्द्रमा परीक्षा सुरु हुनै लाग्दा ‘आरक्षण बचाऊ आन्दोलन’का कार्यकर्ताहरु प्रवेश गरेर केही थान प्रश्नपत्रहरु च्यात्न खोजेका थिए ।

प्रश्नपत्र च्यात्न खोज्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएर परीक्षा सुचारू गरेको थियो । स्थानीय तहमा कर्मचारी भर्नाका लागि गरिएको बिज्ञापन समाबेशी सिद्धान्तको बिपरित भएको भन्दै, आदीबासी, जनजाती, लगायतका संघ संगठनले बिरोध गर्र्दै आएका छन् । तर लोकसेवा आयोगले शुक्रवारदेखि परीक्षा संचालन गरेको छ ।