इरान र बेलायतको सम्बन्ध तनावमा | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

इरान र बेलायतको सम्बन्ध तनावमा

iran and uk relation

एजेन्सी, ४ साउन ।  अमेरिकासँगको सम्बन्ध तनावको उत्कर्षमा रहेको समयमा इरानको बेलायतसँग पनि सम्बन्धमा तनाव देखिएको छ । इरानले बेलायती ट्यांकर नियन्त्रणमा लिएपछि सम्बन्ध बिग्रिएको हो ।

इरानले बेलायती झण्डायुक्त ट्यांकर गल्फबाट नियन्त्रणमा लिएको हो । बेलायतका विदेश मन्त्री जेरोमी हन्टले ट्यांकर तत्काल नछोडे इरानले गम्भीर मूल्य चुकाउनु पर्ने बताएका छन् ।

इरानको उत्तर तर्फ जाँदै गरेको समुद्री ट्यांकरमा २३ जना रहेको जनाइएको छ । सो ट्यांकरलाई चारवटा पानी जहाज र एउटा हेलिकप्टरले घेरेर राखेको विदेश मन्त्री हन्टले बताएका छन् ।

इरानले लाइबेरियाको झण्डायुक्त ट्यांकर पनि नियन्त्रणमा लिएको थियो तर हाल सो ट्यांकर मुक्त भएको र आफ्नो यात्रा नियमित गरेको हन्टले उल्लेख गरेका छन् ।

अमेरिकाले इरानको एउटा ड्रोन ध्वस्त पारेको दाबी गरेको र इरानले त्यसलाई खारेज गरिरहेको अवस्थामा बेलायती ट्यांकर इरानले नियन्त्रणमा लिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);