अफ्रिका कप अफ नेसन्सको उपाधि अल्जेरियालाई | ईमाउण्टेन समाचार

Our Network

माघ २३ २०८१, बुधवार

अफ्रिका कप अफ नेसन्सको उपाधि अल्जेरियालाई

afcon final algeria

एजेन्सी, ४ साउन । सेनेगललाई १–० ले हराउँदै अफ्रिका कप अफ नेसन्सको उपाधि अल्जेरियाले जितेको छ । अल्जेरियाले दोस्रो पटक अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको हो ।

अल्जेरियाले यसअघि सन् १९९० को संस्करणको उपाधि जितेको थियो । सन् २००२ मा उपविजेता बनेको सेनेगल यस पटक पनि अभागी रह्यो ।

इजिप्टको कायरो अन्तराष्ट्रिय रंगशालामा भएको खेलमा बाघदाद बोउनदेजाको प्रहार सालिफ सानेको खुट्टामा लागेर डिफ्लेक्ट भएको बल गोलमा परिणत भएको थियो ।

खेलको दोस्रो मिनेटमा नै भएको गोल नै अल्जेरियालाई जित दिलाउनका लागि निर्णायक बन्यो । खेलमा सेनेगलले अल्जेरियामाथि दबाब कायम गरे पनि गोल भने गर्न सकेन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);