उध्रिएको ट्र्याकसुटबाट बसेको माया | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८३, मंगलबार

उध्रिएको ट्र्याकसुटबाट बसेको माया

udhriyeko tracksuit

काठमाडौं, ४ साउन

‘न बोले नि माया लाग्ने रै’छ सान्नानी

दिलको कसम दिलैमा नत्र ज्यान जानी
चाइना कम्पनी…।’

ब्रोसिस ब्यान्डले गाएको यो गीत रबिना राई र शकुन्तला राईको जीवनमा ठ्याक्कै मिल्न जान्छ। सोलुखुम्बुको साबिक कांगेल गाविसकी शकुन्तला र नेचा बतासेकी रबिना काठमाडौं आएर बालुवाटारमा वरिष्ठ लोकगायक कुमार बस्नेतको घरमा ‘टेलरिङ’ (सिलाइ) पसल खोलेर बसेका थिए। उनीहरुको काम राम्रै चलेको थियो। चिनियाँ दूताबासदेखि तीन सय मिटरको दुरीमा टेलरिङ पसल खोलेका शकुन्तला र रबिनाले आखिरमा त्यही दूताबासको मातृभूमि चीनलाई आफ्नो कर्मथलो बनाए।

सन् २००८ मा बालुवाटारमा चिनियाँ दूताबासभित्र नयाँ भवन निर्माणको काम भइरहेको थियो। भवन निर्माणमा थुप्रै चिनियाँ कार्यरत थिए। दूताबासको नयाँ भवन बनाउन खटिएका चिनियाँँद्वय स खाइमिन र चियाङ छु एक दिन उध्रिएको ट्र्याकसुट बनाउन शकुन्तला र रबिनाको सिलाइ पसल गए। उनीहरुले हातको इसाराले आफ्नो लुगा सिलाइदिन भने। उध्रिएको ट्र्याकसुट सिलाउने काम शकुन्तलाले गरिन्। उनी पुरुषको कपडा सिलाउन निकै सिपालु थिइन्। त्यो ट्र्याकसुट चियाङको थियो।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।