कारागारभित्र भेटियो जासुसी पेन क्यामरा | ईमाउण्टेन समाचार

Our Network

असार ८ २०८३, मंगलबार

कारागारभित्र भेटियो जासुसी पेन क्यामरा

spy pen camera

बझाङ,  ४ साउन ।  जिल्ला कारागार बझाङमा जेल सजाय भोगिरहेका एक कैदीका साथबाट पेन क्यामरा भेटिएको छ। ६ महिनाअघिको विषयलाई लिएर कैदीहरूबीच चलेको कुराकानीबाट जेलभित्रै कानुनविपरीत जासुसी क्यामरा राखेको रहस्य बाहिरिएको हो।

जेलमा बसेकामध्ये कसैले कारागारको गतिविधिसँगै सुरक्षा स्थितिसम्बन्धी दृश्य रेकर्ड गरी बाहिर पठाउने गरेको सूचना प्राप्त भएपछि गरिएको जाँचमा जबर्जस्ती करणीमा जेल सजाय भोगिरहेका आरएन भनिने ईश्वर थापाको झोलामा लुकाएर राखेको अवस्थामा सो पेन क्यामरा भेटिएको जेलर राजेन्द्रबहादुर बोहराले शुक्रबार पत्रकार समेलनमा जानकारी गराए।

अहिले जेलभित्र कुनै किसिमको गलत क्रियाकलाप हुने नगरेको बोहराको भनाइ छ। ‘मैले ड्युटी र सुरक्षाबारे प्रहरी इन्चार्जसँग कुरा गर्ने हो, सिपाहीसँग होइन। उनीहरूले के गरे भन्ने त देखि नै सकियो। विश्वास गर्नु मेरो कम्जोरी भयो,’ उनले भने, ‘प्रहरीले हरेक कुरामा निगरानी नराखेका कारण जेलभित्र भिडियो रेर्कड गर्ने जासुसी पेन क्यामरा भेटियो।’

६ महिना पहिलेको कुरा सार्वजनिक भएपछि कैदीकैदीबीच विवाद बढ्दै जाँदा पेन क्यामराबारे हल्ला चलेपछि चेकजाँच गरिएको र पेन क्यामरा भेटिएको उनले स्पष्ट पारे।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।