धनगढी विस्फोट : खाजा खाँदाखाँदै पड्कियो | ईमाउण्टेन समाचार

Our Network

माघ १२ २०८१, शनिबार

धनगढी विस्फोट : खाजा खाँदाखाँदै पड्कियो

dhanagadi bomb bispot

धनगढी, ४ साउन ।  बिहीबार साँझ । करिब ७ बजेको हुँदो हो, से७प ३१४४ नम्बरको मोटरसाइकलमा दुई जना आए र सहिदगेटको पूर्वपट्टि जस्तापाताले छाएको मिलन होटल छिरे । चियासमोसा मगाए । खाइसकेपछि चुरोट मागे ।

उनीहरू थिए, नेत्रविक्रम चन्द समूहका कार्यकर्ता रामबहादुर सिंह र लक्ष्मण सेराला । उनीहरूलाई चुरोट दिएर होटलका सञ्चालक केशव पाण्डे भित्र के छिरेका थिए, बाहिर विस्फोटको आवाज आयो(ड्याम्म । ‘उनीहरू चुरोट खाँदै थिए । म भित्र थिएँ । बाहिर अचानक ड्याम्म आवाज आयो,’ विस्फोटमा घाइते भई उपचाररत पाण्डेले भने, ‘विस्फोटबाट मेरा टाउकामा चोट लाग्यो र नजिकैको मायामेट्रो अस्पतालमा उपचार गराउन गएँ ।’चिकित्सकले टाउकामा रगत जमेको जानकारी दिएपछि उनी नेपालगन्ज गएका छन् ।

घटनामा सिंहको ढाड र खुट्टामा गम्भीर चोट लागेको थियो । बिहीबार राति नै अस्पतालमा उपचार हुँदाहुँदै उनको मृत्यु भएको छ । सेरालाको खुट्टा, पाखुरा र छातीमा गम्भीर चोट लागेकाले शुक्रबार साँझ शल्यक्रिया गरिएको छ । अर्धचेत अवस्था रहेका उनी केही बोल्न सक्ने अवस्थामा छैनन् ।

घटनाका बेला होटलमा नास्ता खान बसेका भारतको लखिमपुर जिल्लाका ग्रिल मिस्त्री मोबिन खान र कुखुरा व्यवसायी संघ कैलालीका अध्यक्ष जितेन्द्र यादव पनि पनि घाइते भएका थिए । माया मेट्रोमै उनीहरूको उपचार भइरहेको अस्पतालका प्रशासन प्रमुख धीरेन्द्र साउदले जानकारी दिए ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);