काठमाडौं, २९ असार । बैतडीमा हजुरबाको कुटाइबाट आफ्नै नातीको हत्या भएको छ । पुचौंडी नगरपालिका–६ मुडेलीधारामा गणेश साउदको कुटाइबाट २ वर्षीय नाति रेशम साउदको मृत्यु भएको हो ।
रेशमको डडेलधुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो भने अर्का ८ वर्षीय नातिको अवस्था पनि गम्भिर रहेको प्रहरीले बताएको छ । उनको धनगढी अस्पतालमा उपचार भइरहेको छ ।
छोरा धनगढी गएको बेला हजुरआमा र आमाले बालकहरु बाजेको जिम्मा लगाएर घाँस काट्न गएका थिए । सो समयमा नातिहरुमाथि बाजेले निर्घात कुटपिट गर्दा बालकहरुको टाउकोमा गम्भिर चोट लागेको जनाइएको छ ।
अहिले बाजेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




