काठमाडौं, ३१ असार । माउन्टेन टेलिभिजनको कार्यक्रममा कुरा गर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य श्याम घिमिरेले नेपालमा अहिले सम्म प्राकृतिक प्रकोप व्यवस्थापनको तयारी र त्यसको न्यूनीकरणको लागि कुनै प्रयास नै नभएको बताउनु भयो । उहाँले क्षति न्यूनीकरणको सवालमा हाम्रो पहल प्रभावकारी ढंगले अघि नबढेको बताउनु भयो । नेता घिमिरेले सबै राजनीतिक दलको समस्या भनेको प्रजातन्त्रलाई जीवन पद्दतिको रुपमा स्वीकार गर्न नसक्नु हो भन्ने बताउनु भयो । यी र यस्तै विषयमा प्रस्तोता केदार कोइरालाले काँग्रेस नेता श्याम घिमिरेसंग गरेको कुराकानी हेर्नुहोस् :