किन विवादित बन्दैछ सरकार ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

किन विवादित बन्दैछ सरकार ?

pm oli chetawani

सीता शर्मा

काठमाडौं, २९ असार । पछिल्लो समय मन्त्री र सचिव बिचको समन्वय अभावले सरकार विवादित बन्दै आएको छ । मन्त्री र सचिवबीचको विवाद बढ्दै जाँदा अहिले प्रधानमन्त्री समेत विवादमा मुछिनु भएको छ । विवाद बढ्दै गएपछि मन्त्रीले सचिवलाई दोष देखाउने र प्रधानमन्त्रीले मन्त्रीहरुलाई दोष दिने कार्यशैलीले शक्तिशाली सरकारमाथि जनतामा भ्रम बढिरहेको छ । सरकारी संयन्त्र भित्रको यो बेथिती समयमा नसुध्रिए सरकार झन विवादमा फस्नेमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

मन्त्रालय गत बार्षिक समिक्षा कार्यक्रममा शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले खुलेरै सचिव र मन्त्रीको आलोचना गर्नुभयो । मन्त्रालयगत साथै मन्त्री र सचिव बिचको समन्वय अभावले आफु लज्जित हुनु परेको भन्दै प्रधानमन्त्री ओलीले कार्यशैली सुधार्न मन्त्री र सचिवलाई कडा निर्देशन दिनु भयो । निर्देशनका क्रममा प्रधानमन्त्रीले मन्त्री र सचिवको कार्यशैलीप्रति चरम असन्तुष्टि समेत व्यक्त गर्नु भयो ।

राष्ट्रिय महत्वका विषयमा पनि प्रधानमन्त्री समक्ष सूचना नपुग्नु, मन्त्रीले सचिवलाई दोष देखाउने अवस्था आउनुले सरकारी निर्णय कमजोर बनिरहेको छ ।

पछिल्लो समय भारतीय तरकारीमा विषादी परीक्षण गर्ने सरकारी निर्णयलाई चुनौती दिंदै भारतीय राजदूतावासबाट आएको पत्रबारे प्रधानमन्त्रीले अनभिज्ञता प्रकट गर्नु अहिले बहसको विषय बनेको छ । यसले प्रशासनिक निकाय र राजनीतिक कार्यकारी बिच घनिष्ठता नभएको देखिएकोे पूर्व मुख्यसचिव विमल कोइरालाको बुझाई छ ।

सरकारले गर्ने निणर्यहरुमा मन्त्री पिच्छे फरक फरक खालको धारणा आएको पाइन्छ जसले गर्दा सरकारको आधिकारीक धारणा के हो भन्नेमा पनि अन्यौल सिर्जना हुने गरेको छ । कुनैपनि विषयमा निणर्य गर्दा सरकारका जिम्मेवार निकायहरुमा प्रयाप्त छलफल नहुँदा राम्रो नियतले ल्याएका कार्यक्रमहरु पनि विवादीत बनेको सत्तापक्षकै सांसदहरु स्वीकार्छन् ।

भोली राष्ट्रिय सुरक्षाका विषय र गम्भिर खालका विषयमा समेत यस्ता खालका गल्ति हुन सक्ने भएकाले यस्ता गतिविधीलाई सुर्धान सरकारको ध्यान जानुपर्ने पूर्वमन्त्री शेरबहादुर तामाङको सुझाव छ ।

सरकारी कामकारबाहीलाई प्रभावकारी बनाउन नसक्दा अहिले सरकार आलोचित बनिरहनु परेको छ । प्रधानमन्त्री,मन्त्री र प्रशासनिक संयन्त्र समन्वय अभावमा आइरहेका यस्ता विवादलाई समयमा नै सुल्झाउन निर्णय गर्नु आवश्यक छलफल र गृहकार्य गर्नु जरुरी देखिन्छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);