विपिन र स्वस्तिमालाई ‘राष्ट्रिय चलचित्र पुरस्कार’ | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

विपिन र स्वस्तिमालाई ‘राष्ट्रिय चलचित्र पुरस्कार’

swastima khadka

काठमाडौं, २८ असार । २०७५ सालमा रिलिज भएका चलचित्रहरु मध्ये विभिन्न ११ विधामा ‘राष्ट्रिय चलचित्र पुरस्कार’ प्रदान गरिएको छ । राष्ट्रपति भवन शित्तल निवासमा आयोजित कार्यक्रममा निर्देशक तुलसी घिमिरेलाई नगद ३ लाख ५१ हजार र सम्मानपत्र सहित ‘चलचित्र दीर्घ साधना सम्मान’बाट सम्मानित गरिएको छ ।

उत्कृष्ट चलचित्रको पुरस्कार ‘गोपी’ले जित्न सफल भयो । त्यस्तै, ‘उत्कृष्ट निर्देशक’तर्फ ‘बुलबुल’बाट बिनोद पौडेलले पुरस्कार प्राप्त गर्दा ‘उत्कृष्ट अभिनेता’को पुरस्कार विपिन कार्कीले चलचित्र ‘प्रसाद’बाट प्राप्त गरे । विपिनले सोही कार्यक्रममा ‘राष्ट्रिय चलचित्र पुरस्कार–२०७३’का लागि ‘उत्कृष्ट अभिनेता’को पुरस्कार पनि प्राप्त गरेका थिए ।

यस्तै, ‘उत्कृष्ट अभिनेत्री’तर्फ स्वस्तिमा खड्काले चलचित्र ‘बुलबुल’बाट पुरस्कार प्राप्त गरिन् । उत्कृष्ट सम्पादनको विधामा चलचित्र ‘साँइली’का लागि निमेष श्रेष्ठले पुरस्कार प्राप्त गर्दा उत्कृष्ट छायांकनतर्फ भने ‘समर लभ’बाट संजय लामाले राष्ट्रिय चलचित्र पुरस्कार जितेका छन् ।

उत्कृष्ट लेखन विधामा कथातर्फ दिपेन्द्र लामा चलचित्र ‘गोपी’बाट पुरस्कार जित्दा यही चलचित्रबाट पटकथा तथा संवाद विधामा सामिप्यराज तिमिल्सिनाले पुरस्कार जिते । उनीहरुलाई कार्यक्रमकी प्रमुख अतिथी राष्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कार प्रदान गर्नु भएको हो ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले चलचित्र क्षेत्रले देशको कला, संकृतीको विकास र विस्तारका लागि काम गर्नुपर्ने बताउर्द सरकारले मनाउन लागेको ‘भिजिट नेपाल–२०२०’लाई सफल बनाउन चलचित्रकर्मीलाई आग्रह गर्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);