हेर्दा आँप, खाँदा विष | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८३, आइतबार

हेर्दा आँप, खाँदा विष

bharatiye aap dadheldhurama

काठमाडौं, २८ असार । बढ्दो गर्मीसँगै शास्त्रीय अमृत फल तथा आयुर्वेदीय औषधी आँपकै चर्चा र बाहुल्य छ। करिब २५ प्रकारका केरोटेन्वाइडस, म्यागोफेरिल, प्रोटिन, बोसो, खनिज पदार्थ, कार्बाेहाइड्रेट, क्याल्सियम, फस्फोरस, फलाम, भिटामिन ए, सी र बी भएको आँपले शीतलता दिने र लु लाग्नबाट जोगाउँछ, बलवद्र्धक, धातुवर्धकको काम गर्छ।

फलको राजा भनेर चिनिने आँप हरेक महिना फलफूल पसलमा पाइने गरेका छन्। आँप मात्र होइन, केरा, स्याउ, मौसमलगायतका ताजा तथा मौसमी भनिने फलफूल बजारमा जुनसुकै मौसममा देखिन थालेका छन्। बेमौसममा यस्ता फलफूल पाइँदा र किनेर खाँदा तथा खुवाउँदा कतै स्वास्थ्य बिगार्दै त छैनौं भन्ने डर सबैमा आउँछ र हुनुपर्छ पनि। रूखमै पाकेको फल अझ भन्नुपर्दा मौसममा मात्र मौसमी फलफूल पाउन छोडेर सदावहार फलफूल भइसकेका छन्।

मनै लोभ्याउने पहेंला केरा, मेवा, अम्बा, आँप, भुइँकटहर एकैनासले छिटो पकाउनका लागि कार्बाइड रसायन प्रयोग गरिँदै छ। जबर्जस्ती पकाइएको फलफूलको स्वाद र सुगन्ध त कम हुन्छ नै, पौष्टिक तत्व पनि कम हुन्छ। नियमित खा“दा मुखमा घाउ, वाकवाकी र वान्ता हुने, ज्वरो आउने, टाइफाइड हुने, जीउ दुख्ने, झाडापखाला लाग्ने, ग्यास्ट्रिक पेटसम्बन्धी गम्भीर समस्या र कहिलेकाहीं फुड प्वाइजनिङसमेत हुन सक्छ। आलस्य र कमजोरी उत्पन्न गर्छ। मांसपेसी दुखाउँछ। फास्फोरस, आर्सेनिक र क्याल्सियम कार्बाइडको प्रयोगले पाकेका फलफूलमा फस्फोरस, आर्सेनिक, न्यून फु्रुक्टोज तथा कम पोषण खा“दा क्यान्सरसम्म हुन सक्ने भएकाले खतरनाक छ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।