मुख्यसचिवसँग प्रधानमन्त्री रुष्ट | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

मुख्यसचिवसँग प्रधानमन्त्री रुष्ट

pm oli-lok darshan regmi

काठमाडौं, २८ असार । प्रधानमन्त्री केपी ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीको क्रियाकलापप्रति असन्तुष्टि प्रकट गरेका छन्। पछिल्लो समयमा सचिवहरूका कारण सरकार विवादमा परेपछि प्रधानमन्त्री ओली मुख्यसचिवसँग रुष्ट भएका हुन्। तरकारीको विषादीमा भारतीय दूतावासको पत्रमा आफूलाई गुमराहमा पारेको भन्दै सार्वजनिक रूपमा माफी मागेका प्रधानमन्त्री ओलीले सचिवलगायत प्रशासनिक काममा कडाइ गर्न मुख्यसचिवलाई निर्देशन दिएका छन्।

‘प्रशासकले समन्वय, निर्देशन र कार्यान्वयन गराउने कुरामा गम्भीरतापूर्वक ध्यान पुर्‍याउनुपर्छ’, उनले मुख्यसचिवप्रति इंगित गर्दै भने। पछिल्लो समयमा मन्त्री र सचिवबीच परस्पर बाझिने कुरा बाहिर आएकोमा प्रधानमन्त्री ओलीले चासो राखेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा सिंहदरबारमा भएको आव ०७५/७६ को वार्षिक समीक्षामा प्रधानमन्त्रीले मन्त्री र सचिवलाई समन्वय गरेर काम गर्न निर्देशन दिए।

सरकारका सदस्य वा उच्च पदाधिकारीको परस्परमा बाझिएका धारणा सार्वजनिक हुन नहुने बताउँदै प्रधानमन्त्रीले रिर्पोटलाई पुष्टि नगरी विश्वास गर्न नहुने धारणा व्यक्त गरे। ‘रिर्पोट सुनेर वास्तविकता के हो ? पत्ता लगाउनोस’, उनले भने, ‘कर्मचारीले कतिसम्म जिम्मेवारीपूर्वक काम गरेका छन् हेर्नुहोस्।’

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);