हामी मात्र होईन हाम्रा सन्तान, दरसन्तान रोगी भईरहेका छन्, कसरी ? डा. राजेन्द्र बरालको खुलासा (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

हामी मात्र होईन हाम्रा सन्तान, दरसन्तान रोगी भईरहेका छन्, कसरी ? डा. राजेन्द्र बरालको खुलासा (भिडियोसहित)

kharo prashna with rajendra baral

काठमाडौं, २६ असार । अहिले तरकारी तथा फलफूलमा विषादी परीक्षणको प्रकरण चर्चामा रहेको छ । तरकारी र फलफूल मात्र नभएर खाद्यान्नमा समेत विषादी प्रयोग हुनुले हामी दिन-प्रतिदिन अस्वस्थ बन्दै गईरहेका छौ । आफ्नै घरको भान्छामा हामी विष पकाई रहेका छौ र रोगी भईरहेका छौ । यो विषयमा राज्य पनि संवेदनशील भएको जस्तो देखिएको छ । वर्षौ देखि भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी प्रयोग हुने गरेको कुरा आएता पनि राज्य त्यति चासो दिएको थिएन । यसपटक राज्यले विषादी परीक्षण गर्ने निर्णय गर्यो तर त्यो निर्णय स्थायी हुन सकेन । माउन्टेन टेलिभिजनको कार्यक्रम खरो प्रश्नमा कुरा गर्दै वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्र बरालले जानेर वा नजानेर हामीले आफैलाई रोगी बनाईरहेका छौ भन्ने कुरा बताउनु भयो । उहाँले हामीले खाने तरकारी तथा फलफूल सुरक्षित छ भनेर कसले आश्वासन गराउने भन्ने प्रश्न गर्नु भयो । डा. बरालले यस विषयमा सरकार गम्भीर भएर समाधान खोज्न जरुरी रहेको पनि बताउनु भयो । यी र यस्तै विषयमा प्रस्तोता केदार कोइरालाले डा. राजेन्द्र बरालसंग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);