एजेन्सी, २४ असार । मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा अहिले नेपालले हङकङसँग प्रतिस्पर्धा गरिरहेको छ ।
क्वालालम्पुरस्थित किनरारा ओभलमा टस जितेर पहिला फिल्डिङ रोजेको नेपालले हङकङको तीन विकेट झारेको छ । नेपालका सागर ढकाल एक्लैले तीन विकेट लिएका हुन् । हङकङविरुद्ध आक्रामक सुरुवात गरेको नेपालले शून्य रनमै दुई विकेट झारेको थियो । १४ ओभरको खेलमा सागरले तेस्रो विकेट लिएका हुन् । उपाधि विजेता टिम यू–१९ एसिया कपमा छनोट हुनेछ । सोमबार भएको दोस्रो सेमिफाइनलमा सिंगापुरलाई डिएल पद्दतिको आधारमा ५१ रनले पराजित गर्दै हङकङले नेपालसँगको भेट पक्का गरेको हो । सोमवार नै भएको पहिलो सेमिफाइनलमा नेपालले आयोजक राष्ट्र मलेसियालाई ७ विकेटले पराजित गर्दै उपाधी नजिक पुगेको हो ।