त्रिभुवन विश्वविद्यालयको गोल्ड मेडल किनबेचमा संलग्न तीन जनालाई भ्रष्टाचार मुद्दा | ईमाउण्टेन समाचार

Our Network

मंसिर १८ २०८१, मंगलबार

त्रिभुवन विश्वविद्यालयको गोल्ड मेडल किनबेचमा संलग्न तीन जनालाई भ्रष्टाचार मुद्दा

tribhuvan-university

काठमाडौं, २४ असार । त्रिभुवन विश्वविद्यालयको गोल्ड मेडल किनबेचमा संलग्न तीन जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लगाएको छ । कर्मचारी रामबहादुर कर्माचार्य, विद्यार्थी सुरेन्द्र प्रसाद कोइराला र बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगरका कायममुकायम प्रशासनिक अधिकृत केदार भट्टराईलाई मुद्दा लगाएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै मुद्दा लगाएको जनाएको छ । कोइरालाले आफूलाई इकोनमिक्सको स्नातकोत्तर तहमा गोल्ड मेडल ल्याउने गरी अंक थपिदिन भन्दै १ लाख ५० हजार रुपैयाँ कर्माचार्यलाई दिएका थिए । कोइराला भक्तपुर बहुमुखी क्याम्पसका आंशिक शिक्षक हुन् । उनले आफ्ना साथी भट्टराईलाई पनि अंक थपेर पास गराइदिन भन्दै ३ लाख रूपैयाँ कर्माचार्यलाई दिएको अख्तियारले पुष्टि गरेको छ ।

त्यसैले कर्माचार्य र कोइरालालाई ४ लाख ५० हजार घुस लिएको र भट्टराईलाई ३ लाख घुस दिएको भन्दै अख्तियारले मुद्दा लगाएको छ । कर्माचार्य र कोइरालाबाट  ४ लाख ५० हजार रूपैयाँ जफत गर्न त्यति नै रुपैयाँ जरिवाना तिराउन अख्तियारले माग गरेको छ ।

दुवैलाई ६ महिनादेखि डेढ वर्षसम्मको कैद सजाय हुनुपर्ने अख्तियारको माग छ । त्यस्तै, भट्टराईबाट ३ लाख जफत गर्नेलाई तीन लाख नै जरिमाना तिराउने र ६ देखि डेढ वर्षसम्म कैद सजाय गर्नुपर्ने अख्तियारको माग छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);