राष्ट्रिय सभाका सांसदहरुले उठाएको प्रश्नको मन्त्रीले दिए जवाफ | ईमाउण्टेन समाचार

Our Network

फागुन ३ २०८१, शनिबार

राष्ट्रिय सभाका सांसदहरुले उठाएको प्रश्नको मन्त्रीले दिए जवाफ

काठमाडौं, २३ असार । राष्ट्रिय सभाको बैठकमा बिभिन्न मन्त्रालयका मन्त्रीहरुले आगामी आर्थिक वर्षको लागि बिनियोजन प्रस्ताब भएको बजेट माथि संसदहरुले उठाएको प्रश्नहरुको जवाफ दिनु भएको छ ।

सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रि, उर्जा जलस्रोत तथा सिंचाई मन्त्रि, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रि, गृह मन्त्रि, परराष्ट्र मन्त्रि, स्वास्थ्य तथा जनसंख्या मन्त्री, रक्षा मन्त्रि र प्रधानमन्त्रीले जवाफ दिनु पर्ने प्रधानमन्त्रिको कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सम्बन्धमा अर्थमन्त्रीले जवाफ दिनु भएको थियो ।

बैठकमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रि मात्रिका प्रसाद यादवलाई सांसदहरुले पछिल्लो समय बहसमा रहेको भारतबाट नेपाल भित्रिने तरकारीको विषादी जाँच र क्वारेन्टाइन जाँच सम्बन्धमा धेरै प्रश्नहरु सोध्नु भएको थियो जवाफमा मन्त्रि यादवले विषादी जांच सम्बन्धमा देशमा उपलब्ध प्रविधिबारे पर्याप्त जानकारी नहँुदा निर्णय गरेर फिर्ता लिनु परेको बताउनु भएको थियो ।

बैठकमा उर्जा जलस्रोत तथा सिंचाई मन्त्रि बर्षमान पुनले आगामी आर्थिक वर्षमा उर्जा जलस्रोत तथा सिंचाई सम्बन्धमा छुट्याएको बजेट र कार्यक्रम बारे सांसदहरुलाई स्पष्ट पर्नु भएको थियो। उर्जा मन्त्रि पुनले आगामी ३ बर्ष भित्र देशको सम्पूर्ण भागमा बिजुली बत्ति बाल्न पाइने गरि काम भैरहेको बताउनु भएको थियो ।

यस्तै बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रिले बिगतमा भन्दा यो आगामी आर्थिक वर्षको लागि शिक्षामा धेरै बजेट बिनियोजन भएको स्पष्ट पर्नुभयो । बैठकमा सांसदहरुले शिक्षामा लगानी भए पनि प्रतिफल भने घट्दै गएको कारण के होला भनि प्रश्न सोध्नु भएको थियो ।

राष्ट्रिय सभामा बिनियोजन विधेयकमा छलफल गर्नु अघि प्रतिनिधि सभामा धेरै छलफल हुने भएकोले सांसदहरुको प्रश्न दोहोरिएको थियो । राष्ट्रिय सभामा गृहमन्त्रीलाई निर्मला पन्तको बारेमा, परराष्ट्रमन्त्रीलाई इन्डोप्यासेफिक रणनीति बारे स्वास्थ्यमन्त्रिलाई सरकारी अस्पतालको अवस्था बारे रक्षामन्त्रीलाई सेना परिचालन सम्बन्धि राष्ट्रिय सुरक्षा बिधेयक बारे र प्रधानमन्त्रीको तर्फबाट जवाफ दिनुहुने अर्थ मन्त्रि युवराज खतिवडालाई नेपाली हवाई सेवा खस्किएको र हवाई मैदानको पूर्वाधार निर्माणबारे प्रश्नहरु सोधिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);