काठमाडौं, २३ असार । वर्षौदेखि हामीले उपभोग गदै आएका खाद्य वस्तु त्यसमा पनि तरकारी तथा फलफुलहरु जुन भारतबाट आयात हुन्छ । त्यस आयात गरेको वस्तुहरुमा विषादी प्रयोग भएको हुन्छ । त्यो विष हामीले सेवन गरिरहेका हुन्छौं । त्यसैको परिणाम हो यतिखेर अस्पतालमा विरामीहरुको चाप बढिरहेको छ । यो तथ्य र तथ्यांकले बोलेको कुरा हो ।
पछिल्लो घटना नेपाल सरकारले भारतबाट आयात हुने तरकारी तथा फलफुल जन्यवस्तुहरुमा क्वारेनटाईन परिक्षण गर्न, विषादीको परिक्षण गरेर मात्र भित्र्याउने जुन निर्णय गर्यो सर्वत्र त्यो स्वागतको विषय बन्यो । सरकारको त्यो निर्णय एक महिना पनि नबित्दै फेरि नेपाल सरकारले त्यो थग्न सकेन र त्यो निर्णय फिर्ता लियो । सरकारको निर्णय फिर्ता लिएपछि आम नागरिकहरु सरकारको विरोधमा उत्रिएका छन् । के हो त कारण ? सरकारले निर्णय फिर्ता लिनुको वास्तविक यथार्थ के हो ? यी र यस्तै विषयमा प्रस्तोता केदार कोइरालाले केद्रिय अध्यक्ष, राष्ट्रिय उपभोक्ता मञ्च प्रेम लाल महर्जन संग गरेको कुराकानी हेर्नुहोस् :