पूर्वाञ्चल विश्वविद्यालयमा अनिश्चितकालका लागि तालाबन्दी | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८१, आइतबार

पूर्वाञ्चल विश्वविद्यालयमा अनिश्चितकालका लागि तालाबन्दी

विराटनगर, २२ असार । पूर्वाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालय विराटनगरमा विद्यार्थी नेताहरुले तालाबन्दी गरेका छन् । विश्वविद्यालयमा उपकुलपति डा.घनश्यामलाल दासले आर्थिक चलखेल गरेको भन्दै विद्यार्थीहरुले विश्वविद्यालयको केन्द्रिय कार्यालय र सेवा आयोगको कार्यालयमा अनिश्चितकालका लागि तालाबन्दी गरेका हुन् ।

आफ्ना नजिकका व्यक्तिहरुलाई जागिर खुवाउनका लागि गरिएको उपकुलपतिको बेथितिलाई रोक्न तालाबन्दी गर्नु परेको विद्यार्थी नेताहरुले बताएका छन् ।
purbanchal uni-talabandi2
उपकुलपति लालदास आफैले नै नियुक्ति गरेका सह रजिष्ट्रार र सह डिनहरुको नियुक्तिमा शैक्षिक योग्यता नै नपुगेको पाइएको छ । शिक्षा मन्त्री सहकुलपतिको हस्तक्षेपपछि छानबिन समितिमार्फत छानबिन गरी उपकुलपतिले गरेको अनैतिक नियुक्तिलाई समेत बदर गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);