विषादी परीक्षण नगर्ने सरकारको निर्णय प्रति कांग्रेसको आपत्ती | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

विषादी परीक्षण नगर्ने सरकारको निर्णय प्रति कांग्रेसको आपत्ती

anita devkota-bishadi

काठमाडौं, २२ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारत लगायत तेश्रो मुलुकबाट नेपाल आउने तरकारी तथा फलफुल लाई विषादी परीक्षण नगर्ने निर्णय प्रति सरकारको ध्यानाकर्षण गराएको छ ।

राष्ट्रियसभाको आईतबारको बैठकको ढ्यापढ्यापे समयमा बोल्दै नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्य अनिता देवकोटाले आयातित तरकारी र फलफुलमा विषादी परीक्षण नगर्ने सरकारको निर्णयप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

देवकोटाले कसैको दबाबमा आएर सरकारले जनताको स्वास्थ्यमाथि खेलवाड गर्न नमिल्ने भन्दै उहाँले आफ्नै निर्णय फिर्ता गर्नुपर्ने अवस्थाबारे सरकारले सदनलाई यथार्थ जानकारी गराउन माग गर्नुभयो । उहाँले विषादीयुक्त तरकारी तथा फलफुल आयातमा कडाईका साथ रोक लगाउन र त्यस कार्ययोजना बारे सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

असार २ गते राजपत्रमा प्रकाशित गरि आयातित तरकारी तथा फलफुलमा विषादी परीक्षण गर्ने निर्णय गरेको सरकारले आफनै निर्णय उल्टाउदै तत्कालका लागि विषादी परीक्षण नगर्ने निर्णय गरेपछि यसको सर्वत्र विरोध हुदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);