काठमाडौं, २१ असार । भक्तपुरको दूधपाटी केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले ०७२ वैशाख १२ गते गएको भूकम्पकै पराकम्प भएको बताए ।
भूकम्पको धक्का काठमाडौं, भक्तपुर र ललितपुर लगाएत उपत्यका आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको थियो। भूकम्पको धक्काले स्थानिय त्रसित भएका थिए । अपराह्न ४ बजेर १५ मिनेटमा धक्का महसुस भएको हो । भूकम्पका कारण कतै पनि केही नाेक्सान भएकाे छैन ।