भारतीय दबावका कारण अब विषादी परीक्षण बिनै तरकारी तथा फलफूल आयात हुने | ईमाउण्टेन समाचार

Our Network

माघ २८ २०८१, सोमबार

भारतीय दबावका कारण अब विषादी परीक्षण बिनै तरकारी तथा फलफूल आयात हुने

काठमाडौं, २० असार । भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षणमा कडाई गर्ने नीतिबाट सरकार पछि हटेको छ । भारतीय दूतावासले लिखित पत्र नै पठाएर दबाव दिएपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ६ महिनाका लागि यो नीति स्थगित गरेको बताइएको छ । यद्यपि सरकारले विषादी परीक्षणका लागि आवश्यक तयारी नभएकाले स्थगितको निर्णय गरिएको बताएको छ ।

सरकारले २ असारमा राजपत्रमा सूचना प्रकाशित गरी भन्सार बिन्दुमा क्वारेन्टाईन र जीवनाशक विषादीको अवशेष अनिवार्य परीक्षण गर्ने नीति ल्याएको थियो ।

तर, भारतले गम्भीर चाँसो व्यक्त गर्दै नेपाल सरकारलाई निर्णय फिर्ता लिन दबाब दिएको थियो । नेपालको परिवर्तित निकासी पैठारी नीतिले आफ्ना कृषक र व्यवसायी मारमा परेको भन्दै भारतीय दूताबासले पत्र नै लेखेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);