जापान पठाएको नमुनामा बर्ड फ्लु भेटिएन | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

जापान पठाएको नमुनामा बर्ड फ्लु भेटिएन

bird-flu

काठमाडौं, १९ असार । बर्ड फ्लुले तीन महिनाअघि एक युवकको मृत्यु भएपछि उनको नजिकका एक सय ७२ जनाको नमुना जापानमा परीक्षण गर्दा बर्ड फ्लु भाइरस नभएको पाइएको छ ।

गत १५ चैतमा काभ्रेका २१ वर्षीय युवकको बर्ड फ्लुको संक्रमणका कारण उपचारका क्रममा मृत्यु भएको थियो । उनको उपचारमा संलग्न स्वास्थ्यकर्मी, साथीभाइ र परिवारका सदस्य गरी एक सय ७२ जनाको नमुना परीक्षणका लागि जापान पठाएको थियो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार बर्ड फ्लु भाइरस संक्रमणको आशंका गरी जापान पठाएका सबै नमुनाका रिपोर्टमा बर्ड फ्लु भाइरस ‘एच ५ एन १’ नेगेटिभ देखिएको हो ।

जापानको डब्लुएचओ कोलाबोरेटिङ सेन्टर फर इन्फ्लुएन्जा प्रयोगशालामा परीक्षण गरिएको थियो । सो ल्याबले विश्व स्वास्थ्य संगठनलाई रिपोर्ट बुझाए पनि नेपालमा सार्वजनिक भएको छैन । विश्व स्वास्थ्य संगठनले सबै रिपोर्ट तयार पारेको र केही दिनमा सरकारलाई बुझाएपछि सार्वजनिक गरिने महाशाखाका निर्देशक डा.विवेक लालले बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);