आम निर्वाचनमा पार्टीको पराजयको जिम्मा लिदै राजीनामा दिएको घोषणा
एजेन्सी, १८ असार । भारतीय कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले पदबाट राजीनामा दिएका छन् । बुधबार ट्वीट गर्दै कांग्रेस अध्यक्ष गान्धीले पार्टी प्रमुखबाट राजीनामा दिने घोषणा गरेका हुन् ।
ट्वीटमा उनले हालै भएको आम निर्वाचनमा पार्टीको पराजयको जिम्मेवारी लिँदै पार्टी प्रमुखको पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । यसअघि पनि उनले राजीनामा दिने मनशाय व्यक्त गरेको तर पार्टीका नेताहरुले उनलाई राजीनामा नदिन सल्लाह दिएपछि उनी पछि हटेको समाचार सार्वजनिक भएको थियो ।
अघिल्लो अप्रिल र मे महिनामा भएको आम निर्वाचनमा कांग्रेसले ५सय ४३ मध्ये केबल ५२ सिट ल्याएको थियो । लज्जास्पद पराजयसँगै उनीमाथि राजीनामा दिन तीब्र दबाब रहदैआएको थियो ।