विवेकशील पार्टीमा शीर्ष पदाधिकारीमा ५० प्रतिशत महिला अनिवार्य | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

विवेकशील पार्टीमा शीर्ष पदाधिकारीमा ५० प्रतिशत महिला अनिवार्य

bibekshil

काठमाडौं, १७ असार । विवेकशील नेपाली दलले केन्द्रका पदाधिकारीमा ५० प्रतिशत महिला निर्वाचित गर्ने कानुन बनाएको छ । पार्टीले रोल्पाको सदरमुकाम लिवाङमा तीन दिनसम्म चलेको नीति सम्मेलनले त्यस्तो व्यवस्था गरेको हो ।

गत असार १३ देखि १५ गतेसम्म चलेको नीति सम्मेलनले विवेकशील नेपालीको संघीय (केन्द्रीय) समितिका (अध्यक्ष र उपाध्यक्षमध्ये एक, महासचिव र कोषाध्यक्षमध्ये एक र दुई सचिवमध्ये एक गरी) ६ प्रमुख पदहरुमध्ये कम्तीमा ३ जना (५० प्रतिशत) महिला प्रत्यक्ष रूपमा निर्वाचित गर्ने कानुन बनाएको हो । पार्टीले लैंगिक समावेशिताको दृष्टिले यो निर्णय नेपालको परिपेक्षमा एतिहासिक भएको दावी गरेको छ ।

सम्मेलनले संघीय समितिमा महिला सहभागिता कम्तीमा ३७.८४ प्रतिशत र अन्य समावेशी सहभागिता कम्तीमा २१.६२ प्रतिशत गरी ५९.४६ प्रतिशत समावेशिता पार्टीमा सुनिश्चित गर्ने निर्णय गरेको प्रवक्ता मिलन पाण्डेले जानकारी दिए । सम्मेलनले संघीय (केन्द्रीय) समिति बढीमा ९९ जना रहने विधान बनाएको छ । समितिको पदाधिकारीसहित ७४ जना प्रत्यक्ष निर्वाचित हुने र अधिकतम् २४ जना मनोनित व्यवस्था विधानमा गरेको छ ।

सम्मेलनले सदस्यहरू खुला, प्रदेशबाट र समावेशी समूहबाट गरी तीन तरिकाले निर्वाचित हुने व्यवस्था गरेको छ । त्यस्तै सम्मेलनले १८ देखि २१ वर्ष उमेर समूहका फरक लिंगका दुई जना सदस्यसमेत केन्द्रीय समिति सदस्यमा निर्वाचित गर्ने व्यवस्था गरेको छ । एक सय ९६ पार्टी सदस्यको सहभागिता नीति सम्मेलनमा रहेको थियो । करिव २५० जना सदस्यहरु नेपालभित्र र बाहिरबाट अनलाइनमार्फत् सहभागी भएका प्रवक्ता पाण्डेले जानकारी दिए । सम्मेलनले विवेकशील नेपालीको राष्ट्रिय सम्मेलन २०७६ कार्तिक १ र २ गते जनकपुरमा गर्ने निर्णय गरेको छ । नवनिर्वाचित पदाधिकारी तथा सङ्घीय समितिको सपथ ग्रहण लुम्बिनीमा गर्ने तय पनि सम्मेलनले गरेको छ । यो समाचार नयाँ पत्रिका दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);