सकियो राष्ट्रव्यापी सनातन धर्म संस्कृति सम्मेलन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सकियो राष्ट्रव्यापी सनातन धर्म संस्कृति सम्मेलन

काठमाडौं । राष्ट्रिय सनातन धर्म संस्कृति महासंघको आयोजनामा काठमाडौंमा दुई दिन (२६ र २७ असार) चलेको राष्ट्रव्यापी सनातन धर्म संस्कृति सम्मेलन सम्पन्न भएको छ। देशको विभिन्न जिल्लाका प्रतिनिधिहरु सहभागी सम्मेलनले सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट्र पुनःस्थापनामा मन, वचन र कर्मले प्रतिबद्ध रहने संकल्प गरेको छ। सम्मेलनले सर्वपक्षीय सहमतिको आधारमा सनातन हिन्दुराष्ट्र स्थापना गर्न सम्बद्ध सबै पक्षसँग आग्रह समेत गरेको छ।

सम्मेलनले सनातन धर्म संस्कृतिलाई विस्थापित गर्नेगरी संगठित र योजनाबद्ध रुपमा भैरहेको धर्मान्तरणप्रति गहिरो चिन्ता व्यक्त गर्दै संविधान र कानुनले निषेध गरेको धर्मपरिवर्तन नियन्त्रणको लागि तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेको छ। नेपालको वर्तमान संविधानले परम्परादेखि चलिआएको धर्म संस्कृति र परम्पराको रक्षा गर्नु सरकारको दायित्व हुने व्यवस्था गरेको हुँदा यसरी व्यापक रूपमा धर्मपरिवर्तन किन भैरहेको छ तथा यसको निराकरणका निम्ति के गर्नु पर्छ भन्ने विषयमा अध्ययन गरी सुझावसहितको प्रतिवेदन पेश गर्न अविलम्ब समिति गठन गरियोस् भन्ने यो सम्मेलन माग गरेको छ ।

धर्म सँस्कृतिको आडमा कायम रहेको सामाजिक सांस्कृतिक विभेद, छुवाछुत प्रथा र अन्धविश्वासले सनातन धर्म संस्कृतिलाई कमजोर बनाइरहेको तथा धर्मपरिवर्तनको प्रमुख कारण समेत भएको हुँदा यस्ता समस्या र चुनौतीको निराकरण गर्न सम्बद्ध सबै पक्षको सम्मेलनले ध्यानाकर्षण गरेको छ । खासगरी धार्मिक संघसंस्था एवं धार्मिक व्यक्तित्वहरूले यस कार्यमा अग्रणी भूमिका निर्वाह गर्नु पर्छ भन्ने सम्मेलनको धारणा रहेको छ।

सनातन हिन्दुराष्ट्रको पहिचान संवैधानिक रूपमा पुनःस्थापना गर्न एवं सनातन धर्म संस्कृति र परम्परा माथि भैरहेको आक्रमण रोक्न सम्पूर्ण धार्मिक संघसंस्था, धार्मिक गुरु, स्वामी, पण्डितहरुका बीचमा एकता, समन्वय र सहकार्यको निमित्त सम्मेलनले आह्वान गरेको छ । यस्तै ४० गौरक्षाको निम्ति प्रत्येक पालिकामा कम्तिमा एउटा गौशाला निर्माण गर्न सम्मेलनले देशका सम्पूर्ण पालिकाहरुलाई आग्रह गरेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);