'प्रेम गीत ३' को लागि क्रिष्टिना चयन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

‘प्रेम गीत ३’ को लागि क्रिष्टिना चयन

cristina

काठमाडौं, १६ असार । चलचित्र ‘प्रेम गीत’ को तेस्रो सिक्वेल ‘प्रेम गीत ३’ को गीतको भूमिकामा अब क्रिष्टिना गुरुङलाई देखिने भएको छ ।

निर्माण पक्षले गीतको भूमिकाको लागी खुल्ला प्रतिस्पर्धाको लागी आह्वान गरेको थियो । विश्वभरबाट २७१४ जनाले डिजिटल अडिसन दिएका थिए । त्यसबाट उत्कृष्ट २५ जना छानिएका थिए। ती २५ जनाबाट पाँच टप छानिए र अन्तमा चलचित्रका निर्माता निर्देशक सन्तोष सेनले आइतबार आफ्नो फेसबुकबाट क्रिष्टिना गुरुङ गीतको भूमिकामा पक्का भएको जानकारी दिएका छन् ।

अमेरिकामा अध्ययनरत क्रिस्टिना चलचित्रकै अडिसन दिनका लागि हाल उनी नेपाल आएकी थिइन् ।

गीतको भूमिकाको लागी नायिका फाइनल भएसँगै चलचित्रको जम्बो टोली खडा भइसकेको छ । चलचित्रलाई सन्तोष सेन र विजय चामलिङ्ग मिलेर निर्माण गर्दै छन् । यतिबेलासम्म चलचित्रको लागी प्रदीप खड्का, मनिष राउत, शिव श्रेष्ठ, सन्तोष सेन, शिव श्रेष्ठ, सुनिल थापा, अनुभव रेग्मी पक्का भैसकेका छन् ।

अघिल्लो समाचार

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);