चार वर्षपछि भूकम्पपीडितले पाए बास | ईमाउण्टेन समाचार

Our Network

पुष २३ २०८१, मंगलबार

चार वर्षपछि भूकम्पपीडितले पाए बास

basti serpa gau

काठमाडौं, १६ असार । माथि सिन्दुर्चेको कहालीलाग्दो भिर, तल ठाडो कलङमलङ खोला । बीचमा तामाङ समुदायको गाउँ ‘सेपगाउँ’ । गोरखा भूकम्पपछिको एक वर्ष जीवनकै जोखिम मोलेर उनीहरू आफ्नै गाउँ बसे । तर, भूकम्पले चिराचिरा भएका पहाडको फेदीमा लामो समय बस्न सकिने अवस्था थिए । हरेक बर्खामा माथि र तलतिरबाट पहिरो जान थालेपछि गाउँ नै पुरियो । सेपगाउँवासीले बाध्य भएर आफ्नो पुख्र्यौली थातथलो छोडे ।

चार वर्षपछि फर्कियो खुसी
भूकम्पपछिको हरेक हिउँद चिसोले काँप्दै र बर्खा झरीले रुझ्दै बिताए । तर, जीवन चर्खा हो, घुमिरहन्छ । भूकम्पले खोसेको खुसी पूरा चार वर्षपछि फर्केको छ । उनीहरूले अहिले एकएक नयाँ घर पाएका छन् । रुँदैरुँदै गाउँ छोडेका भीमबहादुर लोप्चन आफ्नो परिवारको साथ हाँसीहाँसी नयाँ घर प्रवेश गरेका छन् । ‘हाम्रो गाउँलेको खुसीको सीमा नै छैन,’ नयाँ पत्रिकासँग लोप्चनले भने, जीवन दुःखमै बित्छ कि भन्ने लागेको थियो । तर, गरिबको पनि दिन फिर्दोरछ ।’

१९ परिवारका लागि बन्यो घर
जुगल गाउँपालिका वडा नं १ सेलाङको काफ्लेडाँडामा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अक्सफाम र स्थानीय जनहित ग्रामीण सेवा समितिले विस्थापित १९ परिवारका लागि एकीकृत बस्ती तयार पारेका हुन् । सुरुमा उनीहरू बसेको जमिन सरकारी वनको थियो । सरकारी जग्गाका लागि गरेको प्रयास सम्भव नभएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत दुई लाख लिएर निजीस्तरबाटै जग्गा खरिद गरेका थिए ।

संस्थाका कर्मचारी र विस्थापित परिवार मिलेर इन्टरलक ब्लकको गारो र जस्तापाताले छानो छाएर भूकम्पप्रतिरोधी घर बनाएको जनहित ग्रामीण सेवा समितिका कार्यकारी निर्देशक राजेन्द्र शर्माले जानकारी दिए । प्रत्येक परिवारका लागि तीनकोठे घर र बाथरुमसहित छुट्टाछुट्टै शौचालय तयार गरिएको हो ।  मक्किएको छाप्रोमा लेकको चिसो सहेर बसेका उनीहरूले घरको गारो लगाउने इन्टरलक इँटा आफैँले तयार पारेका हुन् । इँटा बनाउने मेसिन र तालिम विभिन्न सहयोगी संस्थाहरूले उपलब्ध गराएका हुन् ।  यो समाचार आजको नयाँ पत्रिका दैनिकमा लेखेको छ ।

अघिल्लो समाचार

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);