नक्कली जग्गा देखाएर पटक–पटक ठगी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नक्कली जग्गा देखाएर पटक–पटक ठगी

ghar-jagga

काठमाडौं, १६ असार । कालोपत्रे भएको मूल सडक नै बिक्री गरेको आरोपमा पक्राउ परेका धुलिखेल ४ का लोकेन्द्र तोलाङेले एकै समूहलाई नक्कली जग्गा देखाएर पटक–पटक ठगी गरेको खुलेको छ ।

काठमाडौं विश्वविद्यालय जाने मूल सडक २२ लाखमा बिक्री गरेका उनले सोही प्रकरणमा ठगिएका भक्तपुरका प्रवीण बाटी, लक्ष्मीप्रसाद प्रजापतिलाई विश्वासमा पारेर पटक–पटक ठगेको भेटिएको हो ।

लोकेन्द्रकै मध्यस्थतामा कात्तिकेदउराली–७ घर भई पाँचखाल–१० बस्ने रणबहादुर सार्कीले भक्तपुर–२ का बाटी र प्रजापतिलाई पाँचखाल १० स्थित बीपी राजमार्ग छेउको जग्गा देखाएर बालुवाको ५ रोपनी जग्गा बिक्री गरेका थिए । २४ लाख रुपैयाँमा कारोबार गरी एउटा जग्गा देखाएर अर्को पास गरेको भन्दै बाटी र प्रजापतिले जिल्ला प्रशासनमा ‘जीउधनको रक्षा गरी पाऊँ’ भन्दै निवेदन दिएका छन् ।

लोकेन्द्रले नै बाटी र प्रजापतिको समूहलाई श्रीखण्डपुर ७ को ७ रोपनी ५ आना जग्गा ४० लाखमा राजीनामा पास गरेर अर्कै भीर पाखा पास गरिदिएका छन् । ‘विश्वासिलो कुरा गरेर उसको नियत नै फसाउने रहेछ,’ पीडितमध्येका प्रवीण बाटीले भने, ‘विश्वासमा पर्दा पटक पटक फसियो ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);