चार दिनमै काजकिरिया सक्दा समाजबाटै बहिष्कृत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

चार दिनमै काजकिरिया सक्दा समाजबाटै बहिष्कृत

kajkriya

सिरहा, १४ असार । तराई मधेसमा मृत्यु संस्कार गर्ने परम्परा लामो छ । झन् मधेसी समुदायमा त मृत्यु संस्कारमा आर्थिक भारसमेत पर्ने गरेको छ । आर्थिक भारमा कतिपय परिवार बिचल्ली भएको घटना सार्वजनिक हुँदै आएका छन् । पुरानो रुढीवादी संस्कारलाई विरोध गर्दै आएका पूर्वपत्रकार रामरिझन यादवले भने आफ्नो आमाको मृत्यु संस्कार छोट्याएका छन् । डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनी प्रेस सल्लाहकार थिए । लामो पत्रकारिता अनुभवसँगै उनले महेन्द्र मोरङ बहुमुखी क्याम्पसमा प्रध्यापनसमेत गरे । आमाको मृत्यु संस्कार चार दिनमै सकेका यादवले समाजबाट के कस्ता सास्ती खेप्नुप-यो भन्ने विषयमा सुरेन्द्रकुमार कामतिको रिपोर्ट :

१३ दिन काजकिरिया नगरेकोमा समाजको विरोध
सिरहा नगरपालिका–१९ का यादव समाजवादी पार्टीका नेतासमेत हुन् । पहिलेदेखि नै वामपन्थी विचारधारा बोक्दै आएका उनले आफ्नी ८८ वर्षीया आमा जगियादेवी यादवको मृत्युको काजकिरिया छोट्याए । हिन्दु धर्मसंस्कृतिअनुसार १३ दिनमा गर्नुपर्ने काजकिरिया छोट्याएर चार दिनमै सकाएका छन् । काजकिरिया सम्पन्न गरेको अवसर पारेर गत बिहीबार उनले श्रद्धाञ्जली सभाको गाउँमा आयोजना गरे । सभामा विभिन्न राजनीतिक दल, बौद्धिक क्षेत्रका व्यक्तिहरू सहभागी भए । तर, उनलाई एउटा समस्याका सामना गर्नुपरेको छ ।

काजकिरिया छोट्याउँदा समाजले पचाउन सकेको छैन । त्यसैले आमाको श्रद्धाञ्जलीमा गाउँवासीको सहभागिता उल्लेख्य हुन सकेन । गाउँलेको चाहना थियो, काजकिरिया १३ दिन नै हुनुपर्ने हो ।काजकिरियासँगै मधेसी समुदायमा ठूलो भोज गर्ने चलन छ । तर उनले भोजभतेरको साटो शैक्षिक उन्नतिका लागि रकम खर्चिंदै आएका छन् । आर्थिक भार पर्ने गरी हुँदै आएको कर्मलाई छोट्याउँदा नेता यादव समाजको तारोमा परेका हुन् । आमाबाबुको काजकिरियाको दिन छोट्याउँदा आफूले जातबाट बहिष्करणको सामना गर्नुपरेको उनले बताए ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);