सिरिञ्ज आक्रमणः डेढ महिनामा नौ घाइते | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

सिरिञ्ज आक्रमणः डेढ महिनामा नौ घाइते

siringe

काठमाडौं, १३ असार । बनेपामा बुधबार सिरिञ्ज आक्रमणमा परेकी महिला यस प्रकारको पीडामा पर्ने नवौं भएको चिकित्सकहरुले बताएका छन् । यस्तो आक्रमण जेठयताको हो ।

अहिले सिरिञ्ज आक्रमणमा परेका महिलाहरुको उपचार काठमाडौंको टेकु अस्पतालमा भइरहेको छ । उता, आक्रमणकारी महिलाको खोजी गर्न प्रहरीले सादा पोशाकका प्रहरी परिचालन गरेको छ ।

काभ्रे प्रहरी कार्यालयका प्रहरी उपरीक्षक जयराज सापकोटाका अनुसार प्रहरीले सर्वसाधारणलाई सतर्क रहन र शंकास्पद व्यक्ति देखेमा तत्काल प्रहरीलाई खवर गर्न अनुरोध गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले एक विज्ञप्ति प्रकाशन गरी आमा समूह, टोल सुधार समिति, उपभोक्ता समिति, जनप्रतिनिधि तथा विभिन्न संघ–संस्थालाई यस्ता ब्यक्तिकोे पहिचानका लागि सादा पोशाकका प्रहरीसमेत चोक–चोकमा परिचालन गरेकाले सहयोग गर्न आग्रह गरेको छ ।

दिदीको घरबाट आफ्नो घर फर्कदै गरेको अवस्थामा बनेपाको करुणा मार्गस्थित सडकमा अधवैसे महिला हातमा ठोक्किएर फटाफट अघि बढेकी थिइन् । त्यही बेला उनलाई चसक्क भएकाले चिच्याएकी थिइन् । तत्काल घरमा आएर हेर्दासमेत केही नलागेकाले उनी खाना खाएर सुतिन् । राति हात दुखेकाले सुत्न नसकेकी महिला भोलिपल्ट उपचारार्थ मेडिकल पुगेपछि मात्रै आफूलाई सिरिञ्ज आक्रमण भएको जानकारी पाएकी थिइन् । तत्कालै काठमाडौंस्थित टेकु अस्पताल पुगेकी उनलाई विभिन्न परीक्षण गरी औषधि शुरु गरिएको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);