प्रधानमन्त्री ओलीद्वारा विभिन्न देशका महावाणिज्यदुतहरुसंग भेटघाट | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीद्वारा विभिन्न देशका महावाणिज्यदुतहरुसंग भेटघाट

pm oli- mahabanijya dut

काठमाडौं, १२ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशस्थित नेपालका अवैतनिक महावाणिज्यदुतहरुलाई नेपालको आर्थिक विकासका लागि प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले राजधानीमा भेला भएका विदेशस्थित नेपालका अवैतनिक महावाणिज्यदुतहरुलाई बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा सामूहिक भेट गरी सरकारले उच्च प्राथमिकतामा राखेको नेपालको आर्थिक विकासका लागि पूँजी र प्रविधि भित्र्याउने गरी प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गर्नु भएको हो ।

प्रधानमन्त्री ओलीले ‘नेपाल भ्रमण वर्ष–२०२०’लाई सफल बनाउने गरी विदेशस्थित महावाणिज्य दूतहरुलाई गतिविधि अघि बढाउन पनि आग्रह गर्नु भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराईले जानकारी दिनु भयो ।

परराष्ट्र मन्त्रालयले विदेशस्थित नेपालका अवैतनिक महावाणिज्यदुतहरुको दुई दिने सम्मेलन काठमाडौंमा आयोजना गरेको थियो । सोही सम्मेलनमा भाग लिन आएका अवैतनिक महावाणिज्यदुतहरुले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेका हुन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);