तपाईको पारीवारिक सदस्यमा यस्तो लक्षणहरु देखिएमा, आत्महत्या गर्न सक्छन् (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

तपाईको पारीवारिक सदस्यमा यस्तो लक्षणहरु देखिएमा, आत्महत्या गर्न सक्छन् (भिडियोसहित)

health desk

काठमाडौं, १२ असार । मानसिक एंवम मनोसामाजिक समस्या दिनप्रतिदिन गईरहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार चार जना मध्ये एक जनामा कुनै न कुनै मानसिक समस्या देखा परेको छ । तर अज्ञानता, अन्धविश्वासका कारण रोगलाई लुकाएर राख्न, पुर्वजन्मको पाप, देवीदेवताको श्राप ठान्ने गरेको समाजमा अझै पाईन्छ । अहिले समाज सामाजिक समस्या किन बढ्दो छ त ? मानिसहरु डिप्रेसन तथा मानसिक तनाव किन जाँदै छन् ? पछिल्लो समय यो समाज कस्तो समाज तर्फ जाँदै छ त ? चेतनशिल मानिसहरु छन्, पढे लेखेका मानिसहरु छन् तर युवावस्थादेखि नै आजकल यस्ता समस्याहरु बढ्दै जानुका कारणहरु चाँहि के हुन सक्छ भनेर खोजअनुसन्धान गरेको छ ।

एउटा मानिस सामान्य जिवनशैलीबाट त्यस्तो उग्ररुप लिनका लागि वा विभिन्न समस्याबाट ग्रसित भएर मानसिक रोगी सम्म पुग्नको लागि यो समाज र समाजमा भएका मानिसहरुले यसबाट जोगिनका लागि गर्ने चाँहि के त ? बस्ने कसरी रु एउटा चेतनशील नागरिक भएर बाँच्नका लागि मानिसलाई के आवश्यक छ ? र मानिस स्वस्थ तन, मन, शरीरका साथमा उसले कसरी एउटा समाजिक प्राणीका रुपमा आफ्नो जिवन व्यतित गर्न सक्छ ? ईत्यादि बारे थप जानकारीका लागि हाम्रा माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता बिनिता के.सि.ले मनोविद गोपाल ढकाल संग गरेकाे कुराकानी र सुझाब यस्तो छ । भिडियाे हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);