विप्लवलाई मूलधारको राजनीतिमा ल्याउने भनेकाे केही घण्टामै यस्तो विज्ञप्ति ! | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

विप्लवलाई मूलधारको राजनीतिमा ल्याउने भनेकाे केही घण्टामै यस्तो विज्ञप्ति !

biplav-press-release

काठमाडौं, ११ असार । विप्लव समूहको कम्युनिस्ट पार्टीले आज मंगलबार घोषणा गरेको नेपाल बन्द सफल भएको दावी गर्दै विज्ञप्ति निकालेको छ ।

महासचिव नेत्रविक्रम चन्द विप्लवको हस्ताक्षरसहितको विज्ञप्तिमा सवारी नचलाएर आफूहरुलाई सहयोग गरेको ठहर छ । साथै वर्तमान सरकारलाई ‘केपी–पिके सरकार’को संज्ञा दिँदै यसविरुद्ध राष्ट्रघात, जनघातमा अघिल्ला सरकारलाई नै उछिनेको विज्ञप्तिमा जनाइएको छ ।

यस्तै सर्लाहीका जिल्ला इन्चार्ज कुमार पौडेलको हत्याप्रति पनि विप्लव समूहले आपत्ति जनाएको छ । विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेललाई गत असार ५ गते प्रहरीले इन्काउन्टरमा मारिएको बताएको थियो ।

विप्लवले भने सोही घटनाको विरोध स्वरुप आज नेपाल बन्द घोषणा गरिएको बताएको थियो । साथै विप्लवले विज्ञप्ति मार्फत सरकारलाई लक्षित गर्दै राष्ट्रघाती शक्तिका विरुद्ध कम्युनिस्ट, देशभक्त र लोकतान्त्रिक शक्तिसँग एकता गर्दै संघर्ष गर्न तयार रहेको जनाएका छन् ।

सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव खुल्ला राजनीतिमा प्रवेश गर्नेमा आफू विश्वस्त रहेको भन्दै भाषण गरेकै दिन विप्लवले यस्तो अभिव्यक्ति दिएका हुन् । यो समाचार आजको अन्नपुर्ण पोष्ट् दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);