जिर्ण पुलबाटै हिँड्न बाध्य छन दुर्गमका विद्यार्थी, मर्मतमा कसैको ध्यान पुगेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८३, मंगलबार

जिर्ण पुलबाटै हिँड्न बाध्य छन दुर्गमका विद्यार्थी, मर्मतमा कसैको ध्यान पुगेन

pool

प्युठान, ११ असार । झिमरुक गाउपालिका वडा नम्बर ४ ओखरकोट स्थित सयमुरे र खहरे गाउँ जोड्ने झोलुङ्गे पुल जीर्ण हुँदा दैनिक ओहोरदोहोर गर्ने स्थानीय र बालबालिकालाई सास्ती हुने गरेको छ ।

स्थानीय सिद्देश्वरी नेरा प्राबीमा पढ्ने बालबालिकाहरु दिनहुँ जोखिम मोलेर जिर्ण पुल बाटै आउजाउ गर्न बाध्यय छन । खहरे, जाइखोरका बालबालीका र स्थानीयहरु मच्छी बजार आउजाउ गर्ने बाटो यही पुल भएर हो तर, वर्षौंदेखि जिर्ण भएको पुल मर्मतमा भने कसैले चासो देखाएका छैनन् ।

पुल हुदाँ १० मिनेटमा पुग्ने उनीहरुलाई अहिले एकघण्टा हिड्नु पर्ने समस्या छ । खोलाको झोलुङ्गे पुल जिर्ण हुँदा स्थानीयले समस्या भोग्नु परेको स्थानिय शान्ता के सिले बताउनुभयो। खोलो तर्दा मान्छे बगेको दुखान्त समेत उहाले सुनाउनुभयो । गर्तङखोलामा दशक अघि बनाइएको पुल जीर्ण भएको हो। जीर्ण पुलबाट आवतजावत गर्दा दुर्घटनाको भय निम्तिएको छ ।

पुलको मुख्य लठ्ठा खिया लागेर चुँडिन लागेको छ । बिच्छ्याइएका काठका फल्याक कुहिएर झरेका छन् । ठाउँठाउँमा जालीहरु चुडिँएका छन्। झोलुङ्गे पुल कोल्टे बनेको छ । त्यसैले मान्छेहरु पुलबाट हिड्न डराउछन।।सोही पुल तरेर पैदलयात्रा गर्ने स्थानीयहरु त्रासका बिच पार गर्छन् । पुलको अवस्थाका कारण विद्यालय आउजाउ गर्ने विद्यार्थीलाई पुल तार्न अनिवार्य रुपमा अभिभावकहरु आउनुपर्ने बाध्यता छ।’

पहिले स्कुलेहरु यहि पुल तरेर आफै बिध्यालय जान्थे’ केसीले भन्नुभयो, ‘अहिले घरको काम छोडेर पुल तार्न आफै जानु पर्छ । ‘पुलमा हिड्न सकिने अबस्था छैन,निकै जोखिम छ। १० मिनेटमा झिमरुक गाउँपालिकाको प्रा बि स्कुलमा पुगीन्थ्यो अहीले १ घण्टा हिड्नु पर्छ । खोलो बढे कती बेला दुर्घटना परिन्छ भनेर डर लाग्छ ।’

उहाँले सुनाउनुभयो । बर्खाका बेला झन ठूलो सास्ती छ।वर्षात्को समयमा खोला बढेपछि तर्न नसकिने र पुल पनि जीर्ण भएकाले आवतजावत गर्न समस्या भएको स्थानीय दामोदर पोख्रेलले बताउनुभयो। उहाले भन्नुभयो, ‘पुलमा आवतजावत गर्न डर लाग्छ ।’ ‘बालबालिकालाई बोकेर खोलो तार्छौ’ उहाले भन्नुभयो। खोलामा पुल नहुँदा विद्यार्थीलाई समेत आवतजावत गर्न समस्या भएको बिद्यालयका प्रध्यानाध्यापक बिष्णु पोख्रेलले वताउनुभयो।

अहिले बिध्यालयमा जम्मा ८५ जना बालबालिका अद्यनरत छ्न। गाउँपालिकाबाट भैपरी बजेट अन्तर्गत ५० हजार रकम बिनियोजन गरिएको झिमरुक ४ का वडाअध्यक्ष सिताराम पोख्रेलले बताउनुभयो । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा लेखेको छ ।