ट्रम्पद्वारा कार्यकारी आदेशमार्फत इरानमाथि थप प्रतिबन्धको घोषणा | ईमाउण्टेन समाचार

Our Network

माघ १४ २०८१, सोमबार

ट्रम्पद्वारा कार्यकारी आदेशमार्फत इरानमाथि थप प्रतिबन्धको घोषणा

trump tariffs

एजेन्सी, १० असार । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कार्यकारी आदेशमार्फत इरानमाथि थप प्रतिबन्ध लगाइएको घोषणा गरेका छन् ।

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेई प्रति लक्षित नयाँ प्रतिबन्धहरूलाई ट्रम्पले अमेरिकी ड्रोन खसालिएको र अन्य थप कुराको प्रत्युत्तर भएको बताएका छन् । राष्ट्रपति ट्रम्पले इरानी शासनको उत्तेजक व्यवहारका लागि सर्वोच्च नेता खामेनेई सबैभन्दा बढी जिम्मेवार रहेको भन्दै उनीविरुद्ध त्यस्तो कदम चालिएको बताएका छन् । केही साता देखि इरान र अमेरिकाबीच तनाव चर्किएको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले दुवै पक्षलाई शान्तिपूर्ण ढङ्गले कूटनीतिक बाटो प्रयोग गर्न आग्रह गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);