एजेन्सी, ९ असार । टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलमा मेयरका लागि भएको निर्वाचनमा सत्तारूढ पार्टी पराजित भएको छ ।
मुख्य विपक्षी दलका उम्मेदवार एक्रिम एमामोलुले झन्डै ५४ प्रतिशत मत ल्याएका छन । उनले यसअघि नै मार्च महिनामा भएको निर्वाचनमा आश्चर्यजनक जित हासिल गरे तापनि सत्तारूढ पार्टीले अनियमितताको आरोप लगाएपछि पुन मतदान भएको थियो । यो परिणामले राष्ट्रपति रेजेप तययीप एर्दोआनको दलले राजधानीमा आफ्नो नियन्त्रण गुमाएको देखाएको छ । एक्रिम एमामोलुका प्रतिद्वन्द्वी रहेका देशका पूर्वप्रधानमन्त्री बिनाली यिल्दिरिमले हार स्वीकारेका छन् । राष्ट्रपति एर्दोआनले विजेतालाई बधाई दिएका छन् । यो परिणाम एर्दोआनका लागि ठूलो राजनीतिक धक्काका रूपमा लिइएको छ ।