कहाँ थियो एमाले कहाँ झर्यो अहिले | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कहाँ थियो एमाले कहाँ झर्यो अहिले

काठमाडौं, २३ मंसिर । संविधानसभाबाट संविधान जारी भइसकेपछिको पहिलो निर्वाचनमा नेकपा (एमाले) पहिलो राजनीतिक शक्तिका रुपमा उदायो ।

प्रतिनिधि सभामा प्रत्यक्षतर्फ गठनबन्धन गरी नेकपा (एमाले)ले १०३ क्षेत्रमा उम्मद्वारी दिएकोमा ८० सिटमा चुनाव जित्यो । साथै, समानुुपातिकतर्फ ३१,७३,४४९ अर्थात् ३३.२५ प्रतिशत मत प्राप्त गरी ४१ जना सांसदहरू निर्वाचित गरी प्रतिनिधि सभामा कुल १२१ जना सांसदसहित सबैभन्दा ठूलो दलका रूपमा उपस्थित भयो ।

त्यतिबेला एमालेको नेतृत्व केपी शर्मा ओलीले नै गरिरहेका थिए । उनी अहिलेपनि पार्टी अध्यक्षकै रुपमा छन् । तर, यसपटकको निर्वाचनबाट एमाले कमजोर भएको देखिन्छ ।

अघिल्लो निर्वाचनमा १२१ सिटका साथ शानदार रुपमा संसदमा प्रवेश गरेको एमाले अहिले ७८ सिटमा खुम्चीएको छ । प्रत्यक्षमा जम्मा ४४ सिट जितेको एमाले समानुपातिकमा भने पहिलो पार्टी भन्यो ।
यद्दपी एमालले २०७४ को निर्वाचनमा भन्दा ३ लाख २७ हजार मत कम ल्याएको छ । प्रत्यक्षमा पार्टी पदाधिकारी देखि प्रभावशाली नेतालाई नै जिताउन नसकेको एमालेलाई यो निर्वाचनमा ठूलो धक्का लागेको छ ।
एमालेमा भावी नेतृत्वका रुपमा हेरिएका अध्यक्ष ओलीका विश्वासपात्र मानिने पार्टी महासचिव शंकर पोखरेलले समेत हार चाखे । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, उपमहासचिव प्रदीप ज्ञवाली र सचिव लेखराज भट्ट नै यसपटक पराजित भए ।

प्रभावशाली उपाध्यक्षहरु सुवास नेम्वाङ, विष्णु पौडेल तथा सचिव छविलाल विश्वकर्माले कठिन जित निकाले भने सचिव पद्मा अर्याल पराजित हुन पुगिन् । एमालेको क्षतिको अंकगणित यतिमा मात्र रोकिँदैन । ओलीका अर्का दुई विश्वासपात्र महेश बस्नेत र राजन भट्टराईले समेत हार ब्यहोरे । यसरी अघिल्लो निर्वाचनको परिणामलाई हेर्दा एमाले यसपालि कमजोर रुपमा संसदमा सहमागि हुँदैछ ।

अघिल्लो निर्वाचनमा राष्ट्रवादको कार्ड फालेर जनताको मन जित्न सफल भएको एमाले यसपाली भने असफल प्राय देखियो । दार्चुुला पुगेर सिमाका कुरा उठाउँदै ओलीले पुरानै राष्ट्रवादि कार्ड नफालेका भने होइनन् । तर, अघिल्लो जनमतको सम्मान गर्न नसकेका ओलीको बोलीलाई यसपाली जनताले पत्याएनन् । जनतामाझँ विश्वास गुमाउँदै गएको एमालेको ओरालो यात्रा सुरु भएको छ । यसको कारण पार्टी फुट पनि हो । एमालले जनमत गुमाउनुमा पार्टी टुक्रिएपछि तल्लको तहका कार्यकर्ताहरु विक्षीप्त बनेको देखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);