एजेन्सी, ९ असार । भारतको राजधानी नयाँ दिल्लीमा पछिल्लो २४ घण्टामा नौ जनाको हत्या भएको छ।
हत्याको घटनालाई लिएर आम आदमी पार्टीले भारतीय जनता पार्टी (भाजपा) र मोदी नेतृत्वको केन्द्र सरकारमाथि आक्रोश पोखेको छ । यस हत्याको विषयलाई लिएर आम आदमी पार्टीका नेता आतिशी मार्लेनाले दिल्लीमा वासेपुरको जस्तो सिन भएको बताएकी छन् । उनले पछिल्ला ३० दिनमा दिल्लीमा २०० गोलावारीका घटना देखिएको बताउएकी छन् । यस्तो बिग्रदो कानुनका लागि भाजपा पूर्णरुपमा जिम्मेवार भएको आरोप लगाउदै उनले मोदी सरकारले दिल्लीका स्थानीय घटनामाथि ध्यान नदिएको बताइन् ।