अविरल वर्षापछि आएको बाढीले डोल्पामा पुल बगायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

अविरल वर्षापछि आएको बाढीले डोल्पामा पुल बगायो

badi

डोल्पा, ९ असार ।  शनिबार रातिदेखि परेको वर्षाको कारण आएको बाढीले पुल बगाएको छ। डोल्पाको ठूलीभेरी नगरपालिका ४ र ७ को बिचमा पर्ने रुपगाड खोलामा बाढी आउँदा खोलामाथि भर्खरै निर्माण भएको पुल बगाएको हो।

आइतबार बेलुकी ५ बजेतिर आएको बाढीले पुल बगाएपछि रुपगाडमा बसोबास गर्दै आएका स्थनीयको बस्ती जोखिममा रहेको छ। बाढी निरन्तर केही घण्टादेखि बढिरहेपछि स्थानीय त्रसित भएका छन्।

ठूलीभेरी नगरपालिका वडा नम्बर ५ र ६ (साविकको माझफाल गाविस) का उच्च हिमाली पाटनबाट लेदो सहितको पानी आएपछि एकै पटक बाढी आएको स्थानीयहरू बताउँछन्। अकस्मात आएको बाढीले जिप गुड्ने १० मिटरको काठेपुल समेत बगाएको डिभिजन वन कार्यालय डोल्पाका इन्जिनियर बादल बुढा मगरले जानकारी दिए। उनका अनुसार हालै ५ लाख खर्च गरेर उक्त पुल निर्माण गरिएको थियो।

नजिकै रहेको काठे पुल पनि जोखिम पूर्ण अवस्थामा रहेको छ। तत्काल मान्छे हिँड्ने पुलको निर्माण तथा मर्मत गर्न सबै लाग्नु पर्ने स्थानीय खड्गविक्रम शाहीले आग्रह गरे

सानो खोला एकै पटक बहुलाएपछि स्थानी भागाभाग गरेका थिए। ‘हेर्दाहेर्दै पसल बगायो’, जिप चालक गोविन्द डाँगीले सुनाए, ‘हामी धन्न बाच्यौँ। समयमा सुरक्षित भयौँ।’

लामो समयपछि शनिबारदेखि परेको पानीले बाढी ल्याएपछि साविकको माझफालमा ठूलो क्षति भएको हुन सक्ने आशंका गरिएको छ। निरन्तरको पानीले स्थानीय त्रसित भएका छन्। रुपगाडको पुल बगाउँदा आउने जाने बटुवा समेत केही घण्टा वारपार भएका थिए।

भर्खरै जिल्ला समन्वय प्रमुख,प्रमुख जिल्ला अधिकारी र अन्य सरोकारवाला निकायले बाढी ग्रस्त क्षेत्रको अवलोकन गरेर फकिएका छन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);