राजधानीमा लागुऔषध विरुद्धको सप्ताह सुरु | ईमाउण्टेन समाचार

Our Network

फागुन ११ २०८१, आइतबार

राजधानीमा लागुऔषध विरुद्धको सप्ताह सुरु

laguousadh

पुष्पा पोखरेल

काठमाडौं, ८ असार । लागु औषधरहित स्वस्थ जीवन भन्ने नारा सहित राजधानीमा लागुऔषध विरुद्वको सप्ताह सुरु भएको छ । गृहमन्त्रालयको आयोजनामा हरेक वर्ष जस्तै यस वर्ष पनि सप्ताह सुरु भएको हो । वर्षेनी लागू औषधविरुद्वको सप्ताह मनाइरहंदा नेपालमा लागू पदार्थ दुर्व्यसनी घट्नुको साटो हरेक वर्ष ११ प्रतिशत भन्दा बढीले बढिरहेको छ ।

विभिन्न मादक पदार्थ लागु तथा पेय पदार्थ जसले मानिसको दिमागलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हानी पु¥याउँछ त्यस्ता वस्तुहरुलाई लागु पदार्थ भनिन्छ । जसको सेवन तथा प्रयोगले व्यक्तीको मानसिक तथा शारिरीक स्थितिमा नकारात्मक परिवर्तन ल्याउँछ ।

यस्तो लागु पर्दाथको प्रयोगबाट नेपालमा वर्षेनी बढीरहेको छ । राज्यकै तर्फबाट गृहमन्त्रालयले सरोकारवालाहरुसंग मिलेर लागूऔषधिविरुद्व वर्षेनी साताव्यापी सप्ताह मनाईरहंदा नेपालमा दुर्व्यसनीको संख्या घट्नुको साटो बढेको पाइन्छ । पछिल्लो समय १५ देखि २५ वर्षसम्मका युवाहरु यसबाट बढि प्रभावित भएको पाइन्छ ।

नेपालमा डेढ लाखभन्दा बढी लागूपदार्थ दुर्व्यसनी रहेका छन् । पछिल्लो सर्वेक्षणले नेपालमा वर्षेनी ११ दशमलव ३७ प्रतिशत लागुऔषध प्रयोगकर्ताको संख्या बढेको देखाएको छ । देशभर भएका कुल अपराधमा सात प्रतिशत लागु औषधसंग सम्बन्धित रहेको छ । नेपाल भारतको खुल्ला सिमानाको कारण पनि लागु औषध ओसारपसार तथा दुर्व्यसनीका घटना नेपालमा बढदै गएका छन ।

प्रहरीले विभिन्न नाका र त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाटै पनि लागू पदार्थ बरामद र कारोबारी पक्राउ गर्दै आएको छ । लागु औषध प्रयोगकर्तालाई कारवाहि गर्ने नीति नियम तथा संयन्त्र राज्यको कमजोर हुँदा यउटै व्यक्ति पटक पटक लागु औषध दुव्यर्सनि तथा ओसारपसारमा पक्राउ पर्देै आएको छ ।

गत बैशाखसम्मको तथ्याङ्कलाई हेर्ने हो भने नेपाल प्रहरीले ७ दशमलव ४१ प्रतिशत हीरोइन र १८ दशमलव ६१ प्रतिशत अफिम बरामद गरेको छ । त्यति मात्र नभइ ठुलो संख्यामा गाँजा, चरेस, इन्जेक्सन तथा खाने औषधी बरामद गरेको छ ।

गत वर्षको तथ्याङ्क हेर्दा लागु औषध सेवन कर्तामा ५५ प्रतिशत युवाहरु नै रहेका छन । यस अभियानले लागु औषध रोकथाम नीति मार्गदर्शन तर्जुमा, बैकल्पकि विकास प्रयास र औषधी ऐन कार्यान्वयन र समाधानका उपाय जस्ता कार्यका महत्वपुर्ण भुमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);