अख्तियार तात्यो, तीन सय कर्मचारीको सम्पत्ति छानबिन | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

अख्तियार तात्यो, तीन सय कर्मचारीको सम्पत्ति छानबिन

akhtiyar durupayog

काठमाडौं, ८ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न निकायमा कार्यरत झन्डै ३ सय कर्मचारीको सम्पत्तिमाथि छानबिन थालेको छ । अख्तियारले ती कर्मचारीलाई सम्पत्ति विवरण भराउँदै सम्पतिको छानबिन थालेको हो ।

अख्तियार स्रोतका अनुसार कर्मचारीका अस्वाभाविक जीवनशैली, स्रोत नखुलेको सम्पत्ति र इन्टिलिजेन्सको सूचनाका आधारमा ती कर्मचारीको सम्पत्तिमाथि छानबिन थालिएको हो । । यसरी छानबिनमा पर्नेमा बहालवाला र सेवा निवृत्त कर्मचारी छन् ।

अख्तियारले छानबिनमा परेका कर्मचारीलाई सम्पत्ति विवरण भराउन थालेको छ । स्रोतका अनुसार छानबिनमा परेकामा राजस्व, लेखा, यातायात, मालपोत, नापी, अध्यागमन र भन्सारमा लामो समयसम्म बसेका कर्मचारी छन् । यसैगरी, सिँचाइ मन्त्रालय र मातहतका निकायमा रहेका कर्मचारी पनि छानबिनको दायरामा छन् ।  यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);