रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा १५ जना कामदार मात्रै थुनिए | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८२, शनिबार

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा १५ जना कामदार मात्रै थुनिए

rasuwagadi surung

रसुवा, ६ असार । रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ मार्ग निर्माण स्थलमा सुख्खा पहिरो जाँदा १५ जना कामदार मात्रै भित्रै थुनिएका छन् ।

रसुवाको गोसाइकुण्ठ गाउँपालिका–२ मा पर्ने आयोजना स्थलमा बिहीबार साँझ करिब साढे ८ बजेतिर अकास्मत सुख्खा पहिरो गएको हो । पहिरोमा परेर एक जना सामान्य घाइते भएका छन् । तर, सुख्खा पहिरोले एक सय मिटर सुरुङभित्र काम गरिरहेका ९ नेपाली र ६ जना चिनियाँ नागरिकभित्रेै थुनिएका छन् । उनीहरु आफैं बाहिर आउन सक्ने अवस्था छैन । उद्दारको प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिएका छन् । उद्दारका लागि सीमा सुरक्षा चौकीबाट ७ जना प्रहरीको टोली पुगेको छ भने, स्याप्रुवेसी र टिम्बुरे पोष्टबाट नेपाली सेना र रसुवागढी गुल्मबाट सशस्त्र प्रहरकिो २० जनाको टोली घटनास्थलमा पुगेको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताएका छन् ।