एजेन्सी, ६ असार । फ्रान्समा जारी महिला विश्वकप फुटबलमा अमेरिका र नेदरल्याण्ड आआफ्नो समूहको विजेताका रुपमा अघिल्लो चरण पुगेका छन् ।
समूह चरणको अन्तिम खेल अन्तर्गत बिहीबार राति भएको खेलमा स्वीडेनलाई २ – ० ले हराउँदै अमेरिका समूह एफको विजेता बनेको हो ।पहिलो खेलमा थाइल्याण्डलाई १३–० तथा दोस्रो खेलमा चिलीलाई अमेरिकाले ३ –० ले पराजित गरेको थियो । अमेरिकासँग पराजित भएको स्वीडेन समूह उपविजेता बन्यो ।
यस्तै, समूह ई अन्तर्गतको खेलमा क्यानडालाई २–१ ले पराजित गरेको नेदरल्याण्ड समूह विजेता बन्यो । पराजित भएको क्यानडा उपविजेताका रुपमा अघिल्लो चरण गएको छ ।यस्तै समूह ए को नाइजेरिया र समूह ई को क्यामरुनले तेस्रो स्थानमा रहने उत्कृष्ट टिमका रुपमा अन्तिम १६ मा स्थान बनाएका छन् ।