विभाग नै रित्तिने गरी भ्रष्टाचार, महानिर्देशक कर्णसहित १३ जनामाथि भ्रष्टाचार मुद्दा | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८१, बुधवार

विभाग नै रित्तिने गरी भ्रष्टाचार, महानिर्देशक कर्णसहित १३ जनामाथि भ्रष्टाचार मुद्दा

akhtiyar durupayog

काठमाडौं, ६ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णसहित १३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टचार मुद्दा दायर गरेको छ ।

उनीहरु माथि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि आवश्यक पर्ने प्रयोगशाला मोबाइल भ्यान खरिदमा १२ करोड ४० लाख ४७ हजार ५५८ रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदिप कुमार कोइरालाले जानकारी दिए ।

अख्तियार द्धारा विशेष अदालतमा मुद्दा चलाइएकाहरूमा महानिर्देशक कर्णसहित विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत पूर्णचन्द्र वस्ती, लेखापाल रविता श्रेष्ठ, नायब सुब्बा गुरुदत्त गौतम, शाखा अधिकृत भागीरथ आचार्य, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन इकाई खुमलटारका उपसचिव (लेखा) गणेशप्रसाद चालिसे, लेखापाल बालाराम पोख्रेल, र तत्कालीन परियोजना निर्देशक नरहरिप्रसाद घिमिरे छन् । यसैगरि मुद्धा दायर गरिएका अन्यमा वरिष्ठ कृषि इन्जिनियर सरोज अधिकारी, वरिष्ठ योजना अधिकृत तिलकराज चौलागाईं, परियोजना निर्देशक लक्ष्मणप्रसाद पौडेल र वरिष्ठ अनुगमन मूल्यांकन अधिकृत इन्द्रहरि पौडेल रहेका छन् । त्यस्तै, प्रुडेन्ट मेडिटेक इन्टरनेसनलका प्रतिनिधि प्रवीण कुँवरलाई समेत आरोपी बनाई मुद्दा दर्ता गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट खरिद गरिएका चारवटा प्रयोगशाला मोबाइल भ्यान खरिद गर्दा भ्रष्टाचार भएको भन्ने उजुरी परेपछि आयोगले विस्तृत अनुसन्धान गरेको थियो । मोबाइल भ्यानहरू कार्यालयमा दाखिला नगरी भुक्तानी गरिएको र त्यसक्रममा भ्रष्टाचार गरिएको आयोगको निष्कर्ष छ । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);