ओली सरकारले संविधान मास्ने गरी विधेयक ल्यायो, अब कांग्रेस जाग्नुपर्छ : नविन्द्रराज जोशी (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

ओली सरकारले संविधान मास्ने गरी विधेयक ल्यायो, अब कांग्रेस जाग्नुपर्छ : नविन्द्रराज जोशी (भिडियोसहित)

kharo prashna with nabindraraj joshi

काठमाडौं, ५ असार । नेपाली काँग्रेस अहिले प्रमुख प्रतिपक्षको भूमिकामा रहेको छ । संसदमा प्रतिपक्षको भूमिका महत्वपूर्ण हुने गर्दछ । संसदको मर्यादा र गरिमा कायम राख्ने काम सत्ता पक्ष र प्रतिपक्ष दुवैको रहन्छ । मंगलबार कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगित भयो । नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीले प्रत्यक विधेयकमा सत्तापक्षले दुई तिहाईको दम्भ देखाएको बताउनु भयो । संविधान र लोकतन्त्रको मूल्य र मान्यताको खिलाफमा सरकारले पेलेको पनि बताउनु भयो । उहाँले स्वास्थ्य विधेयक जबर्जस्ति छापामार शैलीमा पास गरेको बताउनु भयो । मंगलबार संसदमा भएको घटनाको बारेमा बोल्दै जोशीले प्रधामन्त्रीले बोलिसकेपछि त्यसमा टिका-टिप्पणी गर्नु भन्दा प्रतिपक्षको नेताले बोलिसकेपछि त्यसको जवाफ प्रधानमन्त्रीले दिदा उपयुक्त हुने काँग्रेसको धारणा रहेको स्पष्ट पार्नु भयो । यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’मा प्रस्तोता केदार कोइरालाले काँग्रेस नेता नविन्द्रराज जोशीसंग गरेको कुराकानी हेर्नुहोस् : 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);