लागू औषध दुरुपयोग र ओसारपसार विरुद्ध अभियान सुरु | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

लागू औषध दुरुपयोग र ओसारपसार विरुद्ध अभियान सुरु

grih sachib prem bahadur rai

काठमाडौं, ५ असार । सरकारले ‘लागू औषध दूरुपयोग एवम् ओसारपसारविरुद्ध सप्ताहव्यापी अभियान‘ सुरु गरेको छ ।

लागू औषध दुरुपयोग एवम् ओसारपसारविरुद्धको अन्तराष्ट्रिय दिवसको अवसर पारेर बिहीबार गृह मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी सो अभियानको शुभारम्भ गरेको हो । कार्यक्रममा गृह सचिव प्रेमकुमार राईले लागू औषध दुरुपयोग एवम् ओसारपसार हुन नदिन आवश्यक जनचेतना फैल्याउने उद्देश्यका साथ देशभर विभिन्न २६ वटा कार्यक्रम तय गरी अभियानलाई अघि बढाइएको जानकारी दिनु भयो । उहाँले सरोकारवालाहरुको समन्वयमा कार्यक्रमलाई प्रभावकारी ढंगले संचालन गर्न प्रदेश सरकार र सम्बन्धित जिल्ला प्रशासन कार्यालयनलाई परिपत्र गरिएको पनि जानकारी दिनु भयो ।

‘समृद्ध राष्ट्र निर्माणका लागि लागू औषधरहित स्वास्थ जीवन’ भन्ने मूल नाराका साथ तय गरिएको सो सप्ताहव्यापी अभियान असार ११ गतेसम्म संचालन हुनेछ । नेपालमा हाल वर्षेनी ११ दशमलव ३६ प्रतिशतले लागू औषध प्रयोगकर्ताहरुको संख्यामा वृद्धि हुने गरेको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);