सरकारद्वारा विभिन्न ४ देशका लागि राजदुतको संसदीय सुनुवाई प्रक्रिया शुरु | ईमाउण्टेन समाचार

Our Network

माघ २८ २०८२, बुधवार

सरकारद्वारा विभिन्न ४ देशका लागि राजदुतको संसदीय सुनुवाई प्रक्रिया शुरु

samiti

काठमाडौं, ४ असार । संसदीय सुनुवाई विशेष समितिले सरकारद्धारा प्रस्तावित विभिन्न चार देशका राजदुतहरुको सुनुवाई प्रक्रिया सुरु गरेको छ ।

समितिको बुधबार बसेको बैठकले सरकारद्धारा प्रस्तावित राजदुतहरु अष्ट्रलियाका लागि महेश दाहाल, कतारका लागि नारद भारद्वाज, स्पेनका लागि दावाफुटी शेर्पा र बंगलादेशका लागि डाक्टर वंशीधर मिश्रको सुनुवाईका लागि उजुरी आह्वान गर्ने निर्णय गरेको हो । सरकारद्धारा प्रस्तावित चार वटै देशका राजदुतहरुको सुनुवाईका लागि उजुरी आह्वान गर्ने निर्णय गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनु भयो ।

समितिले प्रस्तावित राजदुतहरुका लागि १० दिनसम्म उजुरी आह्वानका लागि म्याद दिने संवैधानिक व्यवस्था छ । त्यसपछि उजुरीमाथि छानवीन गरी प्रस्तावित राजदुतहरुको सुनुवाई हुनेछ । समितिले राजदुतमा प्रस्तावितहरुको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले उनीहरुलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।