स्याङजाको वालिङ नगरपालिका उपमेयर कप महिला फुटवलको सेमीफाइनलमा | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८२, शनिबार

स्याङजाको वालिङ नगरपालिका उपमेयर कप महिला फुटवलको सेमीफाइनलमा

उपमेयर कप महिला फुटवल

काठमाडौं, २ असार । स्याङ्जाको वालिङ नगरपालिका राजधानीमा जारी उपमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको लिग चरणको अन्तिम खेलमा बाँसगढी नगरपालिकासँग गोलरहित बराबरी खेल्दै वालिङले सेमिफाइनलमा स्थान बनाएको हो ।

हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा दुवै टोलीले पाएको मौका सदुपयोग गर्न सकेनन । जितसँगै वालिङ प्रतियोगिताको सेमिफाइनलमा पुग्ने पहिलो टिम बनेको छ । समूह ’ए’ मा रहेको वालिङले २ खेलमा जित र एक बराबरीसहित ७ अंक जोड्यो ।

यसैगरी यस समूहमा बाँसगढीको ५ अंक रहेको छ । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा पहिलो पटक भएको प्रतियोगितामा १८ नगरपालिकाको सहभागीता रहेको छ । सहभागी टिमलाई ४ समूहमा विभाजन गरिएको छ ।प्रत्येक समूहका समूह विजेता सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल असार १३ गते हुनेछ ।