ललितपुर महिला लिगमा छनोट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

ललितपुर महिला लिगमा छनोट

काठमाडौं । ललितपुर महानगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग २०७८ को लागि छनोट भएको छ । शुक्रबार एन्फा कम्प्लेक्समा भएको पहिलो सेमिफाइनल खेलमा झापाको कनकाई नगरपालिकालाई १-० गोल अन्तरले पराजित गर्दै फाइनल पुगेसँगै ललितपुर राष्ट्रिय लिगमा स्थान बनाउन सफल भएको हो ।

ललितपुरको जितमा कप्तान निर्मला विकले एक मात्र गोल गरिन् । नेपाल पुलिस क्लबको फरवार्डसमेत रहेकी निर्मलाले पहिलो हाफमा गोल गरेकी थिइन् । बाँकी समय दुवै टोलीले केही अवसर पाए पनि सदुपयोग गर्न सकेनन्  । तर, फाइनल पुग्दै ललितपुर भने राष्ट्रिय महिला लिगको लागि छनोट भयो । 

अहिले जारी दोस्रो सेमिफाइनलमा कैलालीको गौरीगंगा नगरपालिका र धनगढी उपमहानगरपालिकाबीच प्रतिस्पर्धा भइरहेकाे छ । जसको विजेता पनि राष्ट्रिय लिगको लागि छनोट हुनेछ । फाइनल खेल आइतबार हुनेछ ।

प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ पाउनेछ भने उपविजेताले दुई लाख ५० हजार रुपैयाँ पाउनेछ । ३१ टोली समभागी लिगको फाइनल पुग्ने टोली महिला लिगमा छनोट हुनेछ । महिला लिगमा विभागीय तीन क्लबसहित चन्द्रपुर नगरपालिका, वालिङ नगरपालिका र विराटनगर महानगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);